काठमाडौं -सरकारले जारी गरेकाे अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सांसदहरुसँग छलफल गर्न लागेको छ ।
सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिएको छ । उपत्यकामा रहेका सांसदहरुलाई सहभागी हुन भनिएको छ ।