Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १५, २०८३

काठमाडाैं -  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिहरूद्वारा दियो प्रज्वलन तथा गमलामा पानी हालेर गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर Bijay Jha को प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो। उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुन अपनाउनुपर्ने रणनीतिबारे प्रभावकारी प्रशिक्षण दिएका थिए। सहभागीहरूले उक्त प्रशिक्षणलाई निकै प्रेरणादायी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अतिथिका रूपमा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कर्णाली प्रदेश उप-प्रमुख धिरेन्द्र शाही, नेपालगञ्ज क्लष्टर हेड कमल शाही, राप्ती/भेरी क्षेत्रीय प्रमुख तथा कार्यक्रम सञ्चालक दिपेन्द्र रावत, साथै विभिन्न शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।

Hardik health

कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै कम्पनीको दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन तथा ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। विशेषगरी कार्यक्रममा सहभागीमध्ये आफ्ना शाखाअन्तर्गत उत्कृष्ट व्यापार गर्न सफल ७ जना अभिकर्ताहरूलाई उत्कृष्ट अभिकर्ताका रूपमा सम्मान गरिएको थियो। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान तथा नेटवर्किङको अवसर समेत सिर्जना गरिएको थियो।

कम्पनीले यस्ता कार्यक्रममार्फत अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका देशभर १४८ शाखा तथा उपशाखाहरू सञ्चालनमा रहेका छन्।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार
समृद्धि र पोखरा फाइनान्सले सुरु गरे एकीकृत कारोबार शुक्रबार, असार २६, २०८३
  इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार, असार २६, २०८३
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार
कोशी प्रदेशकाे इटहरीमा कजारिया रमेश टायल्सको बजार विस्तार बिहीबार, असार २५, २०८३
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
कुमारी बैंकद्वारा सामुदायिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण बिहीबार, असार २५, २०८३
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र  लक्ष्मी इन–फ्याबकाे सम्झौता
ब्लकको उत्पादन र क्षमतामा वृद्धिमा मेची इन्डस्ट्रिज र लक्ष्मी इन–फ्याबकाे सम्झौता बुधबार, असार २४, २०८३
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी
कुमारी बैंक र जर्मन वित्तिय संस्थाबीच साझेदारी बुधबार, असार २४, २०८३
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग
मुक्तिनाथ बैंकद्धारा मिड–डे मील कार्यक्रमलाई सहयोग बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP