काठमाडाैं - उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको हाे ।
गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो ।
गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुन्धानका लागि पक्राउ गरी हिरासतमा राखेको छ । त्यसविरुद्ध गोल्छाकी श्रीमती सीमा गोल्छाले रिट दायर गरेकी थिइन् । गोल्छा गत बिहीबार पक्राउ परेका थिए ।