काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने भएको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो।
बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो। कांग्रेसको गुटगत लडाईले संसदीय दलको नेता र प्रमुख सचेतक चयन हुन सकेको थिएन।