रुपन्देही- जिल्लामा शान्ति सुरक्षालाई प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न सञ्चालन गरिएको विशेष प्रहरी अभियानमा १०३ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मिति २०८३ वैशाख १२ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म जिल्लाभर सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेशन’का क्रममा विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधिसम्बन्धी थप अनुसन्धान कार्य भइरहेको छ। जिल्लाका संवेदनशील क्षेत्रहरूमा शान्ति सुरक्षा सुदृढ बनाउन नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न यस्ता कारबाहीलाई निरन्तरता दिइने समेत स्पष्ट पारेको छ।