Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • शान्तिका लागि साइकल यात्रा
शान्तिका लागि साइकल यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १०, २०८३

काठमाडौं -  शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित पाँच दिनसम्म साइकल यात्रा हुने भएकाे छ  ।  “दुर डे लुम्बिनी–शान्तिका लागि साइकल यात्रा (Tour de Lumbini – Pedal for Peace, TDL-P4P) २०२६” आगामी वैशाख १५ देखि १९ गते (अप्रिल २८ देखि मे २, २०२६) सम्म आयोजना हुने भएको हाे।

पाँच दिनसम्म सञ्चालन हुने यो साइकल यात्रा काठमाडौंदेखि लुम्बिनी सम्म पुग्नेछ। आयोजकका अनुसार, यात्रामा देश तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहनेछ। शान्ति, सहअस्तित्व र सामाजिक ऐक्यवद्धताको सन्देश फैलाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिन लागेको हो।

दश वर्षे सशस्त्र द्वन्द्वपछि संक्रमणकालीन अवस्थाबाट गुज्रिएको नेपालले शान्ति र पुनर्निर्माणको मार्ग अवलम्बन गरिरहेको सन्दर्भमा सन् २०१२ देखि सुरु गरिएको यो अभियान निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। सामाजिक उद्यमी तथा मेघ आले को अवधारणामा सुरु भएको अभियान प्रारम्भिक चरणमा विश्व साइकल यात्री पुष्कर शाह को नेतृत्वमा सञ्चालन भएको थियो।

Hardik health

गौतम बुद्ध को पवित्र जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको यस अभियानले नेपाललाई “शान्ति क्षेत्र” का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दीर्घकालीन उद्देश्य लिएको छ। आयोजकहरूका अनुसार, नेपाल जस्ता राष्ट्रले भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच शान्तिको सेतु बन्न सक्ने सम्भावना बोकेको छ।

यस वर्षको संस्करण विशेषगरी ‘Gen Z’ युवाहरूको सक्रिय सहभागितामा केन्द्रित हुनेछ। डिजिटल युगमा युवाहरूको ऊर्जा र सक्रियतालाई शारीरिक सहनशीलता तथा सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण समाज निर्माणका लागि सशक्त सन्देश दिने लक्ष्य लिइएको छ।

हालको विश्व परिवेशमा रूस-युक्रेन युद्ध लगायत अन्तर्राष्ट्रिय तनावका कारण बढ्दो अस्थिरताबीच यस्ता जनस्तरका शान्ति अभियानहरूको महत्त्व झन् बढेको आयोजकहरूले बताएका छन्। यात्राको विभिन्न चरणमा स्थानीय समुदायहरूको समेत सक्रिय सहभागिता रहने जनाइएको छ।

भविष्यमा शान्तिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई “लुम्बिनी शान्ति पुरस्कार” प्रदान गर्ने योजना समेत यस अभियानले अघि सारेको छ। आयोजकले अभियानमा सहयोग तथा सहभागिता जनाउने सम्पूर्ण साझेदार, सहभागी र सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

“Tour de Lumbini – Pedal for Peace (TDL-P4P)” एक सामाजिक अभियान हो, जसले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यवद्धताको सन्देश प्रवाह गर्दै आएको छ। सन् २०१२ देखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानले लुम्बिनीलाई विश्व शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १७:४७
#साइकल_यात्रा
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP