Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • हाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
हाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

गण्डकी- प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।  तनहुँको सदरमुकामसमेत रहेको यहाँबाट २०२५ सालमा सदरमुकाम दमौली सारिएसँगै यसले व्यापारिक नाकाको पहिचान बदलेर पर्यटकीय गन्तव्यका रुपमा परिणत भएको हो । 

 बन्दीपुर विगतमा मोटरबाटोको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित थियो । यहाँको सांस्कृतिक सम्पदा एवं प्राकृतिक मनोरमताले पर्यटकीय महत्त्वलाई झनै बढाएको छ । बन्दीपुरको भूदृश्यले तत्कालीन राजा महेन्द्रलाई पनि आकर्षित गरेको थियो । उनले त्यस समयमा नै बन्दीपुरलाई पहाडकी रानी उपमा दिएका थिए ।     

बन्दीपुरमा रहेका प्राचीन शैलीका घर तथा बस्तीसँगै वरपरका रमणीय दृश्य, खड्गदेवी माई, टुँडिखेल आदिले यहाँको आकर्षण बढाएको छ । मस्र्याङ्दी नदी तरेर बन्दीपुर जाने उकालो बाटोको चर्चा गर्दै मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको “बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुङ्गाले तरेर...” गीत अहिले पनि गुनगुनाउने गरिन्छ । 

बन्दीपुरको महिमा र गरिमालाई प्रवर्द्धन गर्न पछिल्लो समय विभिन्न पहल हुँदै आएको छ । गाउँ पर्यटनको नमूना गन्तव्यजस्तै रहेको बन्दीपुरमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा यही वैशाख १८ र १९ गते गाउँ पर्यटन मेला आयोजना गर्न लागिएको छ । बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।

Hardik health

बन्दीपुर गाउँपालिकाले  ‘बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भसमेत पारेर पर्यटन मेला गर्न लागिएको हो । “मेलाको मुख्य उद्देश्य गाउँका साना पर्यटन व्यवसायी र समुदायिक घरवास (होमस्टे)लाई सिधै सहरी बजार र ठूला एजेन्सीहरुसँग जोड्ने प्लेटफर्मको रुपमा विकास गर्ने हो”, उहाँले भन्नुभयो, “मेलामार्फत होमस्टे र त्यहाँबाट दिने सेवालाई  बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा  सरकारी लगानीलाई अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।”

मेलामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने पहल भइरहेको छ । उनले पर्यटन लक्षित कार्यक्रम पोखरामा मात्रै केन्द्रित नगरी प्रदेशका अन्यस्थानमा पु¥याउने योजना रहेको पनि बताए । मेलामा बन्दीपुरको पर्यटनका विषयमा सामूहिक छलफल गरिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । “गाउँ पर्यटनबाट समृद्धिको यात्रा, विभिन्न जातजातिको संस्कृतिक प्रस्तुति एवं प्रवर्द्धन, सामुदायिक घरवास तथा पर्यटन व्यवसायीका प्रवर्द्धनात्मक कक्षहरु मेलामा स्थापना गरिनेछ”, उनले भने, “उक्त क्रममा यहाँका पर्यटन लक्षित सूचना तथा प्रचार सामग्री वितरणसँगै पर्यटकीय आकर्षणका विविध पक्षलाई उजागर गरिनेछ । ”

बन्दीपुर र व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । अध्यक्ष थापाका अनुसार यस सर्किटमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् ।

बन्दीपुरको पर्यटन क्षेत्रमा छ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको बताउँदै अध्यक्ष थापाले भ्रमण वर्ष २०२५ मा बन्दीपुरमा स्वदेशी तथा विदेशी गरी छ लाख २५ हजार पर्यटक आएको जानकारी गराए । यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । बन्दीपुर क्षेत्रका रामकोट, धरमपानी र कोरिखा होमस्टेलाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्न लागिएको अध्यक्ष थापाले बताए ।

बन्दीपुर क्षेत्रमा मात्र सात वटा व्यावसायिक घरबास सञ्चालनमा छन् । मेलासँगै यहाँको अर्गानिक खाना, रैथाने अन्नबाली, परम्परागत कला संस्कृतिको समेत प्रवर्द्धन एवं संरक्षण हुने स्थानीयवासीको विश्वास छ । मेलामार्फत समग्र गण्डकी प्रदेशको गाउँ पर्यटनको प्रवर्द्धन र विकासको लक्ष्य राखिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो । गण्डकी प्रदेशभित्र ५० भन्दा बढी होमस्टे सञ्चालन भइरहेका छन् । उनले यस्ता कार्यक्रममार्फत होमस्टेहरूबीचको पर्यटकीय साझेदारीमा समेत फाइदा पुग्ने विश्वास लिइएको बताए ।

“कार्यक्रममार्फत होमस्टेबीच अनुभव आदानप्रदान, व्यवसायिक साझोदारीमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने, “सरकारले हप्तामा दुई दिन बिदाको व्यवस्था गरेकाले पनि गाउँ पर्यटनमा सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।” गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले विगत लामो समयदेखि गण्डकी प्रदेशका सम्भावना युक्त घरवासहरूको प्रवर्द्धनमा काम गरिहेको भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।गण्डकी प्रदेशका हरेक गाउँहरू पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै उनले तिनीहरूको पर्यटकीय उपयोगको आवश्यकता औँल्याए । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP