Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • हात्तीदह सिमसारमा संरचना विस्तार
हात्तीदह सिमसारमा संरचना विस्तार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ७, २०८३

सिरहा- लहान नगरपालिका-१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको हाे । 

यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गरे । करिब  २० लाख ४२ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त परियोजनामा  एक लाख रुपैयाँ बराबरको जनसहभागिता रहने कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए । 

नगरप्रमुख चौधरीले हात्तीदहलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए । उनले भने, “लहानको गौरवको रूपमा रहेको हात्तीदह सिमसार क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ । यहाँ निर्माण हुने होमस्टे र सौन्दर्यकरणकार्यले पर्यटकलाई आकर्षित मात्र गर्ने छैन, यसले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गरी नगरको आर्थिक समृद्धिमा मद्दत पु¥याउनेछ ।”

Hardik health

एक महिनाअघि मात्रै सोही क्षेत्रमा सञ्चालनमा आएको ‘हात्तीदह वनस्टे’ले पर्यटकलाई प्राकृतिक वातावरण र स्थानीय संस्कृतिको अनुभव गराउँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष  चौधरीले वन र सिमसारको संरक्षणसँगै आयआर्जनलाई जोड्न नयाँ संरचनाले मद्दत गर्ने बताए । 

उनले भने, “हामीले वन र सिमसार क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘वनस्टे’ र होमस्टेको अवधारणा अघि सारेका हौँ । नयाँ संरचना बनेपछि पाहुनाले अझ गुणस्तरीय सेवा पाउनेछन् ।” उनले आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिए। 

हात्तीदह परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना तथा सेल्फीस्थल निर्माण गरिएको छ । हाल दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ । यहाँ चार वर्षअघिदेखि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन थालेका छन् भने हाल १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको कोइरालो सामुदायिक वनमध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्या पर्यटनको विकास गरिएको छ । यसमा लहान नगरपालिकाको मात्र नभई सङ्घीय र प्रादेशिक निकायको पनि महत्वपूर्ण साझेदारी रहँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीका अनुसार यस क्षेत्रको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपति चुरे संरक्षण विकास कार्यालय, डिभिजन वन कार्यालय लहान, बृहत् जलाधार व्यवस्थापन कार्यालय लगाएतले प्राविधिक तथा आर्थिक सहयोग पु¥याउँदै आएका छन् । लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP