Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा समूहमा छुट्टै दल बनाउन दबाब
देउवा समूहमा छुट्टै दल बनाउन दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ७, २०८३

 

 

पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु ।
गगन थापा
सभापति

काठमाडौं- नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहमा नयाँ दल गठनको माग जोडतोडले उठेको छ । निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको अगुवाइमा धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको बैठकमा सहभागी नेताहरुले नयाँ दल गठन गरी अघि बढ्न माग गरेका हुन् ।

Hardik health

विशेष महाधिवेशन अवैधानिक भन्दै आएका पूर्वसभापति शेरबहादुर देउवापक्षका नेताहरु गुरु बराल, शिवप्रसाद हुमागाई, कुन्दनराज काफ्ले र सुदूरपश्चिम प्रदेशका प्रदेश सभापति वीरबहादुर बलायरले अलग पार्टी गठन गरेर जानुपर्ने धारणा राखेका हुन् । विशेष महाधिवेशनमा गगन थापा नेतृत्वको एकपक्षीय कार्यसमिति रहेकोले पार्टीभित्र सम्मानजनक अवस्था नपाउने भन्दै उनीहरुले अलग्गै पार्टी बनाउनुपर्ने धारणा राखेका हुन् ।

उहाँ (सभापति)ले जसरी बोलाउनुहुन्छ त्यसरी हामी जान्छौं । सानेपाको भित्तामा गएर कराएर निवेदन दिन हामी जाँदैनौं ।
कुन्दनराज काफ्ले
पूर्वकेन्द्रीय सदस्य

अलग्गै पार्टी बनाउनुपर्छ भन्ने धारणाबारे पूर्वकेन्द्रीय सदस्य काफ्लेले घुमाउरो पारामा पार्टी सभापति थापाको व्यवहारमा भर पर्ने बताए । यद्यपि आफूहरु सानेपाको भित्तामा गएर नकराउने काफ्लेले बताए । ‘उहाँ (सभापति थापा)ले जसरी बोलाउनुहुन्छ त्यसरी हामी जान्छौं । सानेपाको भित्तामा गएर कराएर निवेदन दिन हामी जाँदैनौं,’ काफ्लेले भने ।

भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहसँगै कांग्रेसमा युवाहरुको विद्रोहले गत पुसमा विशेष महाधिवेशन भयो । उक्त महाधिवेशनबाट माघ १ गते थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । देउवापक्षले भने उक्त महाधिवेशन अवैधानिक भएको भन्दै विरोध जारी राख्यो । निर्वाचन आयोगले माघ २ गते थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता दिएपछि देउवा समूह माघ ६ गते अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत पुगेको थियो । 

उहाँ (सभापति)ले जसरी बोलाउनुहुन्छ त्यसरी हामी जान्छौं । सानेपाको भित्तामा गएर कराएर निवेदन दिन हामी जाँदैनौं ।
कुन्दनराज काफ्ले
पूर्वकेन्द्रीय सदस्य

सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश नदिएपछि देउवा समूह थापाकै हस्ताक्षरमा फागुन २१ गते निर्वाचनमा होमियो । चुनावमा भने कांग्रेसले नराम्ररी पराजय भोग्नुप¥यो । शुक्रबार सर्वोच्चले आयोगको निर्णयलाई सदर गर्दै देउवापक्षको रिट खारेज ग¥यो । योसँगै देउवापक्ष अबको रणनीति बनाउन जुटेको हो । 

यो बीचमा केही नेताले भने गोप्य छलफल गरी हिन्दूवादी दल बनाउने तयारी थालिसकेका छन् । यो मोर्चामा शशांक कोइरालादेखि बालकृष्ण खाणसम्म रहेको कांग्रेस नेताहरु नै बताउँछन् । नेपाली कांग्रेसले लिइरहेको लोकतान्त्रिक धार राष्ट्रिय स्वतन्त्र पार्टीले लिइसकेको अवस्थामा अहिले हिन्दूवादी र राजावादी विचारधारा बोक्ने नेतृत्व कमजोर भइरहेको आकलन ती नेताहरुको रहेको छ । यसको अगुवाइ नेता शंकर भण्डारीले गरिरहेका छन् । ‘कांग्रेसको एजेण्डा सबै रास्वपाले बोकिसक्यो । अब देशमा प्रतिपक्षी दल बन्न हिन्दूवादी एजेण्डा नै बोक्नुपर्ने देखिएको छ । यो विषय कांग्रेसको महासमिति बैठकमा पेस भइसकेको कुरा हो,’ देउवापक्षका एक नेताले भने ।

यद्यपि अहिले नै निर्णय नै लिनुभन्दा देशभर छलफल गरेरमात्र यसको निष्कर्ष निकालिने कांग्रेस नेताहरुले बताएका छन् । अदालतको फैसला चित्त नबुझेको उल्लेख गर्दै आफूहरु देशभर छलफलमा जान लागेको कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए । ‘हामी चरणबद्धरुपमा प्रदेशस्तरको, जिल्लास्तरको बैठक बसेर बृहत् राष्ट्रिय भेला आयोजना गर्ने छौं । हामीलाई अदालतको फैसला चित्त बुझेको छैन,’ विश्वकर्माले आइतबारको बैठकपछि भने ।

अर्को पक्षले पहल ग¥यो भनेमात्र एकताको वातावरण बन्ने विश्वकर्माको भनाइ छ । अन्यथा पार्टी विभाजनतर्फ जानसक्ने चेतावनीसमेत उनले दिए । ‘महाधिवेशनको दुई कार्यतालिका छ । समायोजन गरेर एउटै बनाउने स्थिति बन्यो भने एकता भएको मानिन्छ । होइन भने दुईवटा महाधिवेशन हुन्छ । पार्टी विभाजनतर्फ जान्छ । त्यो नहोस् भनेर सम्बन्धित पक्षलाई एकताको पहल गर्न आह्वान गरेका छौं,’ विश्वकर्माले चेतावनी दिए । देउवापक्षले वैशाखको अन्तिममा महाधिवेशन तोकेको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान बुधबार, साउन १३, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा बुधबार, साउन १३, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP