Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

पाटन- नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत चैत ११ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरेको उक्त समितिलाई पूर्णता दिएको हो । 

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी विज्ञ समूहमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विकलाई सदस्यमा मनोनयन गरिएको जानकारी दिए । समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाललाई जिम्मेवार दिइएको छ ।

यसैगरी, समितिलाई पाँचबुँदे कार्यविवरणसमेत दिइएको विज्ञप्तिमा उल्लेख छ । कार्यविवरणमा संविधान निर्माणका क्रममा विभिन्न समुदाय र समूहबाट उठेका माग, आन्दोलन र सम्झौताहरूको अध्ययन गर्नाका साथै संविधान कार्यान्वयन निर्माणपश्चात् देखिएका समस्या, सङ्घीयताको अभ्यास, तहगत सरकार सञ्चालनका चुनौती तथा सरोकार भएकाहरूसँग संवाद गरी विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । 

Hardik health

यसैगरी, गत भदौ २३ र २४ मा जेनजी युवा पुस्ताको आह्वानमा भएको आन्दोलनको भावनाअनुसार सुशासन, सेवा प्रवाह र प्रतिनिधित्वलगायत विषयमा उठेका माग र सम्झौतामा उल्लिखित विषय, गत भदौ २१ को निर्वाचनमा पार्टीले प्रतिज्ञापत्रमा उल्लिखित संविधान संशोधनसम्बन्धी विषय र एक दशकको अनुभवका आधारमा संविधान कार्यान्वयनको समीक्षा गर्दै सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यविवरण दिइएको छ ।

उक्त समितिको सुझावका आधारमा संविधान संशोधनबारे आफ्नो धारणा तय गर्ने र राष्ट्रिय सहमतिका लागि अन्य राजनीतिक दल, नागरिक समाज तथा विशेषज्ञहरूसँग संवाद अघि बढाउने जनाइएको छ ।  कांग्रेसले सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई प्राथमिकता दिएकामा स्वागत गर्दै सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । यस्तै, विसं २०७२ मा संविधानसभामार्फत जारी भएको नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि भन्दै यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आफ्नो मूल दायित्व भएको उल्लेख गरेको छ । 

“संविधान जारी भएको एक दशक पूरा भइसकेको सन्दर्भमा समयानुकूल संशोधन र अद्यावधिक लोकतान्त्रिक प्रक्रिया हो । पार्टीले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार संविधानका अभ्यासमा देखिएका समस्यालाई संशोधनमार्फत सम्बोधन गर्दै सङ्घीयता, समावेशिता र नागरिक अधिकारलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ । यसका लागि राजनीतिक दल, नागरिक समाज र आमजनतासँग व्यापक संवाद र सहमतिमा आधारित पहल अघि बढाइने छ”, विज्ञप्तिमा भनिएको छ । 
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान बुधबार, साउन १३, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा
शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा बुधबार, साउन १३, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP