काठमाडौं - संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसले पाउने भएको छ ।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले प्रमुख पतिपक्षी दललाई लेखा समितिको सभापति दिने निर्णय गरेको हो ।
प्रतिनिधिसभाका संसदीय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ ।
संसद्को प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ ।