काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनदेखि पार्टीभित्रको मर्यादाक्रम निर्धारणसम्मको एजेन्डामा छलफल भइरहेको छ ।
यस्ता कांग्रेस बैठकका एजेन्डाहरू:
१ कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिको प्रतिवेदन सम्बन्धमा
२अभिव्यक्ति स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृतिका सम्बन्धमा
३ विधिको शासन र राज्य सञ्चालनका सम्बन्धमा पछिल्ला दिनमा देखिएका घटना र प्रकृति
४-सार्वजनिक ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन सम्बन्धमा
५केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन सम्बन्धमा
६निर्वाचन ब्युरो गठन र संचालनको कार्यविधि सम्बन्धमा
७सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधिका सम्बन्धमा
८अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन सम्बन्धमा
९ पार्टीभित्र मर्यादाक्रम निर्भारण समिति गठन सम्बन्धमा
१०सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरू मनोनयन सम्बन्धमा