पोखरा- होटल व्यवसायी महासंघ नेपाल प्रदेशको पोखरामा सम्पन्न पाँचौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनअन्तर्गत निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि अधिकांश पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
महासंघको अध्यक्ष पदमा तुलसीराम भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा वीरबहादुर तिवारी, प्रशासन उपाध्यक्षमा ज्ञानबहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कलमबहादुर बम तथा उद्योग/मेला महोत्सव उपाध्यक्षमा भाइन्द्र श्रेष्ठ चयन भएका छन्।
महिला उपाध्यक्षमा सुनिता पन्त पौडेल निर्विरोध निर्वाचित हुँदा उपाध्यक्ष पदमा भने पाँच जना उम्मेदवार चयन भएका छन्। तीमध्ये मोहनाथ बेलबासे, धनदेवी चौलागाईं, जनकबहादुर सिंह, खिलकुमार सुवेदी र शैलेश कार्की रहेका छन्।महासचिव पदमा राजेश पन्तत्री क्षेत्री तथा उपमहासचिवमा मित्र प्रसाद ढकाल निर्विरोध चयन भएका छन्।
पर्यटन सचिवकाे पदमा भरतकुमार भट्टरा, प्रशासन सचिव पदमा रमेश कुमार बराल ,मेला महोत्सव सचिवकाे पदमा सन्तोष कुमार थापा क्षेत्री, सचिव पदमा लालबहादुर केसी, नेत्रलाल वली, भिविन्द्र प्रसाद न्यौपाने, रचेन्द्र सिंह थापा, उमा ग्रान्डन,निलेश राज भण्डारी निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्ष पदमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यहरुमा ४७ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा मोहन सिंह ठकुरी, हरिशारण पाण्डे, जुद्ध बहादुर कुँवर, अतुल कुमार गुप्ता,शंकरलाल श्रेष्ठ, रामशरण नेपाल, लेखनाथ भन्डारी, लक्ष्मण बहादुर धामी, राम प्रसाद पोखरेल, रामचन्द्र महत, शिव प्रसाद पोखरेल, ऋषि कुमार चौलागाई, दिपक पोखरेल,हरिगोपाल सापकोटा,टिकाराज आरण,विष्णु प्रसाद धिमिरे छन् ।
यसैगरी महासंघकाे निर्वाचित सदस्यहरुमा इन्द्र बहादुर बस्नेत,रामशरण मजुरेल,धन बहादुर बटाला,शैलेन्द्र विक्रम थापा,सूर्य बहादुर बापा,पलुराम पोखेत,प्रजापती जोशी (प्रकाश),रोहित कुमार सिंह,गुणराज खनाल,संदिप कुमार बस्नेत,टिकाराम श्रेष्ठ, प्रदिषः कुमार शाह,सुरेश कुमार शाह,मायाँ चौधरी,बसन्ता भण्डारी,डम्बर कुमारी श्रेष्ठ,मोतीलाल ओली,निषाद विक्रम बम, जय प्रसाद उपाध्याय पौडेल,विष्णु प्रसाद पोखरेल,हेमराज भट्टराई,सरन गुरुङ,राधिका लम्साल,इन्दिरा श्रेष्ठ,रेनुका याक्सो लिम्बु,शुरेस पाण्डे,बालकृष्ण निउरे,कमल प्रसाद न्यौपाने,कल्पना पराजुली,तिलक प्रसाद चापागाई रहेका छन् ।
महासंघकाे लेखा समिति पदमा ४ जना रहेका छन् । रविन लामा,इश्वरकुमार बुढामगर,तपेन्द्र बहादुर शाही, रामशरण अधिकारी रहेका छन् ।
नवनिर्वाचित नेतृत्वले होटल व्यवसायको प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास तथा व्यवसायीमैत्री नीतिहरू कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। साथै, साना तथा मझौला होटल व्यवसायको संरक्षण, डिजिटल प्रविधिको प्रयोग विस्तार, महिला तथा युवा उद्यमशीलताको विकास र वातावरण संरक्षणजस्ता विषयलाई प्राथमिकतामा राख्ने योजना अघि सारेको छ।