Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २९, २०८२

काठमाडौं - पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न सरकारलाई सुझाएका हुन् ।

सभामा सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको धारणा राखे । हिमाल, पहाड, तराई, विविध संस्कृति, सम्पदा, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा ग्रामिण पर्यटन जस्ता विषयले नेपाललाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउने भन्दै यसको सदुपयोगमा लाग्नुपर्ने उनले बताए । यी सम्भावनालाई व्यवहारमा परिणत गर्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीच घनिष्ट सहकार्य आवश्यक रहेको उनले बताए । नेपालमा जेनजी सरकारबाट हाल स्थायी सरकार निर्माण भएकोमा केही आशा र भरोशा गर्ने अवस्था सृजना भएको उनले बताए । अध्यक्ष शाहीले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि स्थायी प्रकृतिको नीति लिन सरकारलाई सुझाए ।

सभामा संस्थाका निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डेले जेनजी आन्दोलनपछि बनेको सरकारले पर्यटनसँग सम्बन्धित नीति बनाउँदा दिर्घकालसम्म त्यसको असर के पर्दछ भनेर ध्यान दिन सरकारलाई सुझाए । पाण्डेले पर्यटन नीति, नियम बनाउँदा सनकको भरमा लागु गर्ने र सनकको भरमा हटाउने काम नगरियोस भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । त्यसैगरी पर्यटन प्रवद्र्धनको सहकार्यमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराए ।

Hardik health

सोट्टोका पूर्व अध्यक्ष यम बहादुर खड्काले साना व्यवसायीलाई भ्याटको समस्या रहेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नयाँ परिस्थिति अनुसार पर्यटनमा नयाँ समस्या निम्तिएको र त्यसको समाधानको उचित कदम चाल्नुपर्ने बताए ।  

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले मध्यपूर्व युद्धको चपेटामा परेको नेपाली पर्यटन उद्योगमा त्यसैबाट अवसर सिर्जना गर्न सकिने धारणा राखे । यसतर्फ सोच्न उनले व्यवसायीलाई आग्रह गरे । अहिले शक्तिशाली सरकार आएको र यसले सबैमा आशा जगाएको उनको भनाइ थियो । उनले सोट्टो नेपालका कार्यक्रमहरुलाई बोर्डको आगामी बजेटमा समावेश गराइने भनाइ राखे ।  

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेत, महासचिव कुमार पराजुली, कोषाध्यक्ष मदुसुदन नेपाल लगायत उपस्थित वक्ताहरुले पर्यटन उद्योग अर्थतन्त्रको आधार रहेको भन्दै नयाँ रणनीति तय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साधारण सभा शनिबार अबेर सम्पन्न भएको हो । सभाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र नयाँ तथा ओझेलमा परेका गन्तव्यहरुको प्रचार प्रसार लागि बुँदागत नयाँ रणनीतिहरु पनि सार्वजनिक गरेको छ ।।
 


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP