Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाका १० वटै विषयगत समिति गठन
आकर्षण राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिनिधिसभाका १० वटै विषयगत समिति गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, चैत २८, २०८२
  • राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसम्म 
  • एमालेका संसदीय दलका नेता रामबहादुर थापा अर्थ समितिमा बसेका छन्
  • सार्वजनिक लेखा समितिमा नेकपा नेता वर्षमान पुनदेखि खुस्बु ओलीसम्म

काठमाडौं- प्रतिनिधिसभाका १० वटै विषयगत समिति गठन भएका छन् । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुनुअघि शुक्रबार गठन भएका समितिहरुमध्ये सबैभन्दा आकर्षण राज्य व्यवस्था तथा सुशासन समितिमा देखिएको छ ।

सुशासन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसम्म अटेका छन् । यही समितिमा नेपाली कांग्रेसबाट संसदीय दलका दाबेदार मानिएका अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बे परेका छन् । नेकपा एमालेले यो समितिमा पद्यकुमारी अर्याललाई सदस्य पठाएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा अर्थ समितिमा बसेका छन् । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको नौ दिनमै सबै संसदीय समिति गठन भएको हो । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । विषयगत समितिको सभापति चयन गर्न वैशाख ४ गते निर्वाचन हुने सभामुख अर्यालले जानकारी दिए । 

प्रतिनिधिसभामा १० समिति, राष्ट्रिय सभामा चार समिति र संयुक्त गरी १६ वटा संसदीय समिति रहन्छन् । राष्ट्रिय सभाअन्तर्गतका चार वटा संसदीय विषयगत समिति यसअघि नै गठन भइसकेका छन् ।  सभामुख अर्यालले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य भएको जानकारीसमेत गराए । उनले शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाएका थिए । उक्त पत्रमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिने उल्लेख छ । 

Hardik health

अर्थ समिति
प्रतिनिधिसभामा अर्थ समितिलाई महत्‍वपूर्ण समितिका रुपमा हेरिन्छ । यो समितिमा एमाले संसदीय दलका नेता थापादेखि रास्वपाका कोषाध्यक्ष लिमा अधिकारीसम्म रहेका छन् । २६ सदस्यीय समितिमा कृष्णकुमार कार्की, कृष्णहरी बुढाथोकी, खडकबहादुर बुढा, खड्ग शाही, जगदीश खरेल (दोलखा), ताराप्रसाद जोशी, देवराज पाठक, ध्रुवराज राई, नरेन्द्र केरुङ, नीतिमा भण्डारी (कार्की) रहेका छन् । त्यसैगरी परशुराम तामाङ, पारशमणि गेलाल, पुष्पराज कँडेल, पुष्पाकुमारी चौधरी, भरत गिरी, भरतप्रसाद पराजुली, राजेशकुमार चौधरी, विक्रम खनाल, सरिता महतो, सागर भुसाल, सुशील खड्का, सुशीला ढकाल आचार्य पनि यस समितिमा सदस्य बनेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
२६ सदस्यीय यस समितिमा अमेरिकाका लागि पूर्वराजदूत अर्जुनकुमार कार्कीदेखि पूर्वमन्त्री बब्लु गुप्तासम्म छन् । समितिमा अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अम्बिकादेवी संग्रौला, अर्जुनकुमार कार्की, उज्ज्वलकुमार झा, गणेशबहादुर विश्वकर्मा, गंगा छन्त्याल, तौफिक अहमद खान, दीपकराज बोहरा, धनञ्जय रेग्मी, प्रमेशकुमार हमाल, प्रशान्त उप्रेती, बब्लु गुप्ता, बिना गुरुङ, भूमिका लिम्बू सुब्बा, मिङमाग्याबु शेर्पा, रेनुका काउचा, रुक्मिणीदेवी कोइराला, शिवशंकर यादव, सन्तोष राजवंशी, सन्दीप राना, सुम्निमा उदास, सुरेन्द्र चौधरी, हरिप्रसाद भुसाल सदस्यमा चयन भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
यो समितिमा पनि २६ सदस्य छन् । अमरकान्त चौधरी, अरबिन्द साह, आनन्दबहादुर चन्द, एलिजा गुरुङ, कालिबहादुर सहकारी, कृपाराम राना, गंगादेवी श्रेष्ठ, चन्दनकुमार सिंह, टेकबहादुर गुरुङ यस समितिमा अटेका छन् । त्यसैगरी टेकबहादुर शाक्य, निराशा चौधरी डगौरा, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रभा कार्की, बदनकुमार भण्डारी, बुद्धिप्रसाद पन्त, मनिष झा, मातृकाप्रसाद यादव, रञ्जु दर्शना न्यौपाने, लालबिक्रम थापा, सिर्जना श्रेष्ठ, सूर्यबहादुर तामाङ, सोम शर्मा, हरिनादेवी कामी, हरिमोहन भण्डारी र क्षितिज थेबे यस समितिका सदस्य चुनिएका छन् । 

कानुन, न्याय तथा मानवअधिकार समिति
२४ सदस्यीय यस समितिमा यज्ञमणि न्यौपाने, सुहाङ नेम्बाङदेखि सुलभ खरेलसम्म छन् । समितिका सदस्यहरुमा कन्हैया बनिया, खिमा विक, गीता गुरुङ, नरेन्द्र साह कलवार, नीनुकुमारी कर्ण, प्रकाशचन्द्र परियार, बलावती शर्मा, भूमिका श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मधुकुमार चौलागाईं, मनमाया विक, मनिष खनाल, मोहनलाल आचार्य, रचना खतिवडा खत्री, रामविनोद यादव, समीक्षा बाँस्कोटा, सरस्वती लामा, साजिदा खातुन सिद्धिकी, सुशीलकुमार कानु, सूष्मा स्वर्णकार (डिम्पल) र स्मृति सेञ्चुरी सदस्यको रुपमा समेटिएका छन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति
यस समितिमा अशोककुमार चौधरी, आशिका तामाङ, उत्तमप्रसाद पौडेल, केपी खनाल, कोमल ज्ञवाली, खगेन्द्र कर्ण, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल रहेका छन् । त्यसैगरी जनकसिंह धामी, जोगकुमार बरबरिया यादव, ताहिर अली भाट, पूनमकुमारी अग्रवाल, प्रमोदकुमार महतो, प्रेमबहादुर बयक, बसुमाया तामाङ, माधवबहादुर थापा, राजीव खत्री, लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, सन्तोष सुब्बा, समिना मिया, सागर ढकाल, सुजाता तामाङ, सुरेशकुमार चौधरी ज्ञानेन्द्रसिंह महतो यस समितिमा परेका छन् ।

पूर्वाधार विकास समिति
यस समतिमा २७ सदस्य छन् । आशा झा, आशिष गजुरेल, गोपाल शर्मा, जयपती रोकाया, तपेश्वर यादव, दीपककुमार साह (सुनसरी), धनेन्द्र कार्की, धनबहादुर बूढा, धर्मराज केसी, निशा डाँगी, नीता घतानी, पूर्णप्रसाद लिम्बू, प्रकाश गौतम, प्रदीप विष्ट, बासना थापा, भरतकुमार स्वार, मञ्जु भुषाल, फिरदोश आलम, यशोधा कुमारी, राजकिशोर महतो, राजुनाथ पाण्डे, राजेन्द्रकुमार राई, रामाकान्तप्रसाद चौरसिया, बोधनारायण श्रेष्ठ, श्रीराम न्यौपाने, सुनिल केसी र सृष्टी भट्टराई समितिमा परेका छन् ।

महिला तथा सामाजिक मामिला समिति
यस समितिमा बिहीबारमात्र श्रममन्त्रीबाट बर्खास्तीमा परेका दीपककुमार साहदेखि रीमा विश्वकर्मासम्म छन् । २२ सदस्यीय समितिमा आकृति अवस्थी, एशुदाकुमारी बराल, कुलभक्त शाक्य, खेमराज कोइराला, टीका संग्रौला, टुकाभद्रा हमाल, ठाकुरसिंह थारु, तारा विश्वकर्मा, नरेन्द्रकुमार गुप्ता, पवित्रा विक, पार्वती विक, प्रमिला कुलूजु, रजनी श्रेष्ठ, रत्नाकुमारी थापा, रीना उप्रेती, ललिताकुमारी शाहजान खातुन, शोभा खनाल, सुनिताकुमारी चौधरी, ज्ञानु पौड्याल सदस्य बनेका छन् ।
 
राज्यव्यवस्था तथा सुशासन समिति
यो समितिलाई प्रतिनिधिसभाको महत्‍वपूर्ण समिति मानिन्छ । यो समितिको सभापतिसमेत सत्तारुढ दलले लिने गर्छ । यो समितिमा शीर्ष नेताहरुसमेत सदस्य रहेका छन् । २३ सदस्यीय समितिमा रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही परेका छन् ।
कांग्रेसमा संसदीय दलका दाबेदार मानिएका भीष्मराज आङ्देम्बेदेखि अर्जुननरसिंह केसीलाई यो समितिमा समेटिएको छ । अफ्साना बानु, अमरेशकुमार सिंह, कमल सुवेदी, करिष्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल, पुरुषोत्तम शुप्रभात यादव, विश्वराज पोखरेल, मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं, रविन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखाकुमारी यादव, विष्णुमाया विक, श्रद्धा कुँवर क्षेत्री र हरि ढकाल यस समितिका सदस्य बने ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
यो समितिमा स्वतन्त्र सांसद महावीर पुनदेखि तोसिमा कार्कीसम्म रहेका छन् । २७ सदस्यीय यस समितिमा अचुत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरुप्रसाद बराल, चन्द्रमोहन यादव, जगतप्रसाद जोशी, जगदीश खरेल (ललितपुर), झविलाल डुम्रे, पुकार बम, प्रभा ढकाल, प्रमिलाकुमारी गच्छदार, भीमकुमारी बुढा मगर, रबिन महतो, रमेशकुमार मल्ल, रहवर अन्सारी, राजन गौतम, राधिका रम्तेल, रिंगला यादव, डा. लेखजंग थापा, विष्णुबहादुर खड्का, शम्भुकुमार यादव र सीता थपलिया सदस्य रहेका छन् ।

सार्वजनिक लेखा समिति
प्रतिनिधिसभामा महत्‍वपूर्ण मानिने यो समितिमा सभापतिसमेत प्रतिपक्षको हुनुपर्ने मान्यता राखिन्छ । यो समितिमा नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनदेखि खुस्बु ओलीसम्म छन् । २६ सदस्यीय समितिमा अमृता विक, आरेन राई, इन्दिरा राना मगर, ऐनबहादुर महर, कृपा महर्जन, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, गणेश धिमाल, गणेश पराजुली, गणेशसिंह ठगुन्ना, गोविन्द पन्थी, जनकराज गिरी, प्रेमलाल चौधरी, बुद्धरत्न महर्जन, भरतबहादुर खड्का, महेन्द्रबहादुर शाही, मोहन आचार्य, योगेश गौचन थकाली, रमेशकुमार सापकोटा, रुकेश रञ्जित, विक्रम थापा, वीपिनकुमार आचार्य र सिताराम साह सदस्य छन् । 
०


प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP