काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू गौरी कुमारी र रामजी यादव मन्त्री बन्ने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहीन रहेकामा उनीहरूलाई कुन-कुन विभागीय नेतृत्व दिने भन्ने सार्वजनिक गरिएको छैन ।
रास्वपा स्रोतका अनुसार, दुवैजना आजै मन्त्री बन्न लागेका हुन् । गौरी कुमारी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् । रामजी सप्तरी–२ बाट निर्वाचित सांसद हुन् ।