काठमाडौं - विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री-लेभल स्मार्टफोन रेड्मी ए-सेबेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो ।
रेड्मी ए-सेबेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९मिमी ह७७.८मिमी ह८.२६मिमी रहेको छ । यसमा ६.८८ इन्चको ठूलो एलसिडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस रहेको छ । यसले ‘डिसी डिमिङ’ प्रविधि सपोर्ट गर्दछ, जसले गर्दा लामो समयसम्म फोन चलाउँदा पनि आँखामा खासै असर पर्दैन (कमै मात्र पर्छ) ।
साथै, यसले १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट गर्ने भएकाले डिभाइस निकै ‘स्मुथ’ तरिकाले चल्नेछ । ३जीबी + ६४जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको यो फोनमा ¥यामलाई ३जीबीबाट ६जीबीसम्म बढाउन मिल्ने ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
दैनिक रूपमा लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको रेड्मी ए-सेबेन ९ब्ठ० मा ५२००mब्ज क्षमताको ब्याट्री छ, जसले लामो समयसम्म टिक्ने क्षमता प्रदान गर्दछ । यसमा १५ वाटको इन्ट्री–लेभल फास्ट चार्जिङ प्रविधि जडान गरिएको छ, जसले फोन छिटो चार्ज गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यसका साथै प्रयोगकर्ताको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न यसमा साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।
त्यसैगरी, यसमा रहेको १३एमपी मुख्य क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा भएकाले फराकिलो लेन्स एपेर्चर र कम उज्यालो भएको ठाउँमा पनि उत्कृष्ट तस्विर खिच्न सकिनेछ । यसको क्यामेरा मधुरो प्रकाशमा पनि उत्कृष्ट पोट्रेट र स्ट्यान्डबिना नै विभिन्न सटहरू खिच्नका लागि उपयुक्त मानिएको छ । यसमा ३.५ मिमीको हेडफोन ज्याक पनि उपलब्ध छ, जसले गीत वा पोडकास्ट सुन्दा यथार्थपरक अनुभव प्रदान गर्दछ । रेड्मी ए—सेबेन ९ब्ठ०को स्लिक र परिष्कृत डिजाइनले यसलाई थप स्तरीय र प्रिमियम लुक दिएको छ ।
यो फोन कालो, स्काइ ब्लु र अर्चिड पर्पल (हल्का चम्किलो वा वैजनी) रङहरूमा उपलब्ध छ ।रेड्मी ए—सेबेन ९ब्ठ० ले आफ्ना ग्राहकहरूलाई दुई वर्षको वारेन्टी समेत प्रदान गरेको छ । बजारमा यो नयाँ स्मार्टफोनको मूल्य रु. १५,९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।