Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #हुलाकी राजमार्ग
  • #नारायणगढ-मुग्लिन सडकखण्ड
  • #पुष्पकमल दाहाल
  • #धनुषा कर्फ्यु
Search Here
समाचार
  • Home
  • समाचार
  • हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२

 

म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । 
शेरबहादुर देउवा
पूर्वप्रधानमन्त्री

  • गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोप, देउवाले गरे प्रतिवाद

काठमाडौं- लामो समय सत्ताको शक्तिमा बसेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली कांग्रेसको नेतृत्वमासमेत लामो समय शक्तिमा रहेका देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार अदालतबाट पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दिएको छ ।

कुनै पनि भ्रष्टाचारका काण्डमा पार्टीका जतिसुकै ठूला नेता परे पनि निष्पक्ष र स्वतन्त्र रुपमा हुने अनुसन्धानमा पार्टीले सहयोग गर्छ ।
प्रदीप पौडेल
महामन्त्री, नेपाली कांग्रेस

Hardik health

जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते बूढानीलकण्ठस्थित देउवाको घरमा नेपाली रुपैयाँ र अमेरिकी डलरका नोटहरु जलेको घटना बाहिरिएसँगै देउवा दम्पतीमाथि अनुसन्धान हुनुपर्ने माग चर्किएको थियो । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको स्रोतले जनायो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ पुर्जी जारी गरेको स्रोतको दाबी छ ।

सरकारले छानबिनका लागि पक्राउ पुर्जी जारी गरेको सुनेको छु । यदि हो भने देउवा बयान दिन तयार हुनुपर्छ । सामना गरेको धेरै राम्रो ।
पुरुषोत्तम दाहाल
राजनीतिक विश्लेषक

देउवा दम्पती हाल उपचारको क्रममा हङकङमा छन् । फागुन १३ गते उपचारका लागि भन्दै देउवा सिंगापुर उडेका थिए । त्यहाँबाट चैत पहिलो साता देउवा दम्पती हङकङ पुगेको देउवाको सचिवालयले जनाएको थियो । देउवा दम्पतीलाई गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाउने सरकारको तयारी छ । तर उनीहरुलाई कसरी पक्राउ गर्ने भन्नेबारे कुनै पनि योजना प्रहरीले सार्वजनिक गरेको छैन । देउवा आफैंले भने आफूविरुद्ध भ्रामक प्रचार भएको दाबी गरेका छन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले भनेका छन् ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफैं प्रधानमन्त्री रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री देउवाले अतिरञ्जनामा नपर्न अपिल गरेका छन् । ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्, ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

अनुसन्धानमा सघाउन कांग्रेसको आग्रह
कुनै बेला शक्तिको केन्द्र रहेका देउवालाई उनको पार्टी नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट अपदस्त गरी हटाएको थियो । त्यसपछि करिब शक्तिहीन बनेका देउवा अन्तिमपटक डडेलधुराबाट निर्वाचन लड्न चाहन्थे । तर गगन थापाले नेतृत्व लिएपछि देउवाको अनुहार देखाउँदा मत नआउने भाष्य बन्यो ।

थापाले पटक-पटक भेट्न खोजे पनि देउवाले भेट दिएनन् । अन्ततः देउवा चुनाव ‘बंक’ गरेर सिंगापुर पुगेका थिए । निर्वाचनपछि बनेको वालेन्द्र शाह नेतृत्वको सरकारले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई पक्राउ गरिसकेको छ । 

ओली र लेखकलाई जेन-जी विद्रोहमा भएको युवाहरुको हत्यामा दोषीका रुपमा पक्राउ गर्दा खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् । कुनै समय तीन शीर्ष नेतामा नम्बर एकमा पर्ने देउवा जेन-जी विद्रोहअघिको सरकारको शक्तिशाली नेता थिए । भदौ २३ गते उनको घरमा तोडफोड र आगजनीमात्र भएन, देउवा दम्पतीमाथि कुटपिटसमेत भयो । यही क्रममा उनको घरमा ठूलो मात्रामा नेपाली तथा विदेशी मुद्राका नोटसमेत जलेको अवस्थामा फेला प¥यो । उक्त सम्पत्ति र अरु सम्पत्ति आर्जनको स्रोतबारे देउवा दम्पतीमाथि थप अनुसन्धान गर्न सरकारलाई दबाब पर्दै गएसँगै पक्राउ पुर्जी लिएको बताइएको छ ।

योसँगै नेपाली कांग्रेसले सरकारी अनुसन्धानलाई सघाउन आग्रह गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले अनुसन्धानलाई सघाउन देउवालाई आग्रह गरेका हुन् । ‘कुनै पनि भ्रष्टाचारका काण्डमा पार्टीका जतिसुकै ठूला नेता परे पनि निष्पक्ष र स्वतन्त्ररुपमा हुने अनुसन्धानमा पार्टीले सहयोग गर्छ,’ पौडेलले भने ।

देउवानिकट रहेर लामो समय काम गरेका राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल देउवाले देश फर्केर बयान दिए राम्रो हुने बताउँछन् । ‘अहिलेको सरकारले छानबिनका लागि पक्राउ पुर्जी जारी गरेको सुनेको छु । यदि हो भने देउवा बयान दिन तयार हुनुपर्छ । सामना गरेको धेरै राम्रो,’ दाहालले भने ।

देउवालाई शाही भ्रष्टाचार आयोगले यसैगरी मेलम्ची प्रकरणमा भ्रष्टाचार अभियोग लगाएर पक्राउ गरेको स्मरण गर्दै दाहालले अनुसन्धानबाटै सबै विषयको निक्र्योल हुने बताए ।

 

देउवा परिवार तितरबितर
कुनै बेलाका शक्तिशाली मानिने देउवा परिवार जेन-जी विद्रोहपछि तितरबितर भएको छ । भदौ २३ अघि नेकपा एमालेसँग मिलेर बूढानीलकण्ठबाट शक्तिशाली सरकार सञ्चालन गरिरहेका देउवा जेन-जी विद्रोहपछि कमजोर बनेसँगै उनको परिवार तितरबितर भएको हो ।

आन्दोलनकारीको कुटपिटबाट घाइते देउवा दम्पती लामो समय सैनिक अस्पतालमा उपचारपछि महाराजगञ्जस्थित एक व्यापारीको घरमा बस्न थाले । यो बीचमा गगन थापाले पुसको मसान्तमा विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व खोसे । त्यसपछि झनै कमजोर बनेका देउवा सिंगापुरहुँदै हङकङतिर लागेका छन् । आरजु भने भारतहुँदै हङकङ पुगेको बताइन्छ । अहिले बूढानीलकण्ठस्थित देउवानिवास भत्काउन लागिएको छ । जेन-जी विद्रोहको क्रममा क्षतिग्रस्त संरचना हटाउन लागेसँगै उक्त घर बिक्री भएको हल्ला चलेपछि देउवाको सचिवालयले भने खण्डन गरेको छ । 

यो बीचमा प्रहरीले आरजुका भाइ भुषण राणाको घरमा छापा हानेको थियो । ललितपुरको झम्सिखेलस्थित राणाको घरमा छापा हान्दा भुषण भने भेटिएनन् । अहिले भुषण क्यानडा पुगेको बताइएको छ । यता देउवाको भतिज प्रकाश देउवा आठ महिनादेखि अमेरिकामा छन् । भदौ २८ गते अमेरिका उडेका प्रकाशले चैत २४ गतेको प्रदेशसभा बैठकमा आफू उपस्थित हुन नसक्ने भन्दै सुदूरपश्चिम प्रदेशसभामा सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेका छन् । उनले स्वास्थ्यका कारण आफू बैठकमा आउन नसकेको तर्क गरेका छन् । 

प्रकाशसँग बिचौलिया दीपक भट्टकोसमेत कनेक्सन भेटिएको प्रहरी अनुसन्धानमा खुलेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट चैत १९ गते पक्राउ परेका छन् । विभिन्न स्रोतहरुका अनुसार देउवाका छोराबुहारी जयवीरसिंह देउवा र शिवाना श्रेष्ठ पनि हङकङमा छन् । नेपालमा छँदा जयवीरले डाइपर आयात गर्ने गरी ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीमा लगानी गरेका थिए । २०७९÷८० को बजेटमा त्यतिबेला अर्थमन्त्री रहेका जनार्दन शर्माले सेनेटरी प्याड आयातमा छुट दिने घोषणा गरेपछि जयवीरको कम्पनी विवादमा तानिएको थियो । उक्त समयमा देउवा प्रधानमन्त्री थिए ।
जयवीर देउवा
प्रकाश देउवा


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत
नेपाल-चीन सम्बन्धमा नयाँ तनावको संकेत सोमबार, साउन १८, २०८३
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै सोमबार, साउन १८, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP