काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएसँगै भाडा दर बढ्ने भएकाे हो ।
विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी छ ।उनका अनुसार नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा भाडा वृद्धि गर्ने तयारी छ ।
मन्त्रालयले यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।