Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
समाचार
  • Home
  • समाचार
  • निजी सञ्चारमाध्यममा विज्ञापन रोक्ने सरकारी निर्णय संघीयताविरोधी कदम
निजी सञ्चारमाध्यममा विज्ञापन रोक्ने सरकारी निर्णय संघीयताविरोधी कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

 

सहकार्य, सहमति र सहअस्तित्व भन्ने छ संविधानमा । तर संघीय सरकारबाट आदेशात्मक तरिकाले आएको छ । यो मिल्दो पनि छैन । १५ दिनमा छाप्नुपर्ने विज्ञापन सरकारीमामात्र जाँदा ‘क्यु’मा बस्नुपर्ने हुन्छ । निजी पत्रिकालाई दिए पनि सरकारीलाई दिए पनि रेट निर्धारण गरे त भइहाल्यो नि । 
भीम ढुंगाना
अध्यक्ष, नगरपालिका संघ

काठमाडौं- सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापन दिन रोक लगाएको विषय संघीयताविरोधी कदम भएको सरोकारवालाहरुले बताएका छन् । संविधानतः देशमा तीन तहको सरकार रहेकामा संघीय सरकारले निर्देशनात्मक ढंगले विज्ञापन रोक्न आदेश दिनु नियन्त्रणमुखी भएको उनीहरुको भनाइ छ ।

सार्वजनिक खरिद ऐनमा टेण्डरका सूचना राष्ट्रियस्तरका दैनिक पत्रिकामा गर्नुपर्छ भन्ने छ । यसको वर्गीकरण प्रेस काउन्सिलले गर्छ । कुन ‘क’, कुन ‘ख’ वर्गका भनेर । अब हामीले गोरखापत्रमा पालो पर्खेर बस्ने त ? यसका लागि त कि सार्वजनिक खरिद ऐन संशोधन गर्नुप¥यो ।
लक्ष्मी पाण्डे
अध्यक्ष, गाउँपालिका महासंघ

Hardik health

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले यस्तै साना विषयबाट सरकारले स्थानीय सरकारलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए । ‘सहकार्य, सहमति र सहअस्तित्व भन्ने छ संविधानमा । तर संघीय सरकारबाट आदेशात्मक तरिकाले आएको छ । यो मिल्दो पनि छैन,’ अध्यक्ष ढुंगानाले भने । 

सरकारी सञ्चारमाध्यम एउटैमात्र भएको र १५ दिनभित्र छाप्नुपर्ने विज्ञापन लाइनमा बस्नुपर्दा कतिपय काम ढिला हुनेसमेत उनले बताए । यसका लागि संघीय सरकारले एकद्वारभन्दा विज्ञापनमा एकदर नीति लिनुपर्ने उनको सुझाव छ । ‘१५ दिनमा छाप्नुपर्ने विज्ञापन सरकारीमामात्र जाँदा क्युमा बस्नुपर्ने हुन्छ । निजी पत्रिकालाई दिए पनि सरकारीलाई दिए पनि दररेट निर्धारण गरे त भइहाल्यो नि । निजीले त्यो रेटमा छाप्न नसकेमात्र सरकारीमा जाने हो,’ ढुंगानाले भने, ‘तर नदिने भनेर ठाडै नियन्त्रणमुखी भयो । सानोतिनो कुराबाट स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको हो कि जस्तो लागिरहेको छ ।’ 

संघ, प्रदेश र स्थानीय सरकारको आफ्नै नीति नियम हुन्छन् ।  यसमा संघीय सरकारले दिएको आदेश प्रदेश र स्थानीय तहले मान्नैपर्छ भन्ने छैन ।
खिमलाल देवकोटा
संघीयताविद्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सरकारी खर्चमा मितव्ययिता कायम गर्न भन्दै सरकारी विज्ञापन तथा सूचना प्रकाशन र प्रसारण सरकारी स्वामित्वका सञ्चारमाध्यममामात्र गर्न परिपत्र गरेको हो । सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरु सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह तथा सो अन्तर्गतका निकायहरु तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र गरेको थियो । उक्त निर्णयको सञ्चार क्षेत्र तथा पत्रकार संघ संगठनले खुलेर विरोध जनाएका छन् ।

राष्ट्रिय गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले संघीय सरकारको यो निर्णय सार्वजनिक खरिद ऐनविपरीत रहेको बताइन् । ‘सार्वजनिक खरिद ऐनमा टेण्डर (बोलपत्र)का सूचना राष्ट्रियस्तरका दैनिक पत्रिकामा गर्नुपर्छ भन्ने छ । यसको वर्गीकरण प्रेस काउन्सिलले गर्छ । कुन क, कुन ख वर्गमा भनेर,’ पाण्डेले भनिन्, ‘अब हामीले गोरखापत्रमा पालो पर्खेर बस्ने त ? यसका लागि त कि सार्वजनिक खरिद ऐन संशोधन गर्नुप¥यो ।’

यतिमात्र नभएर कुनै सूचना स्थानीयस्तरकै पत्रपत्रिका र रेडियोमा दिँदा प्रभावकारी हुने उनले बताइन् । यसका लागि राष्ट्रियस्तरकै सरकारी सञ्चारमाध्यमलाई दिँदा विज्ञापन दर महँगो पर्ने विषय संघीय सरकारले बुझ्नुपर्ने उनको भनाइ थियो । ‘स्थानीयस्तरको विज्ञापन अब राष्ट्रियस्तरको मिडियामा दिँदा प्रभावकारी हुन्न । सामुदायिक रेडियोमा दिँदा प्रभावकारी हुन्छ । स्थानीय पत्रिकामा दिँदा प्रभावकारी हुन्छ । त्यसैले संघीय सरकारको निर्णय व्यावहारिक देखिन्न,’ अध्यक्ष पाण्डेले भनिन् । यसो भन्दैमा आफूहरु सुशासनबाट भाग्न खोजेको भने नभएको उनको भनाइ थियो । उनले विज्ञापनमा बिचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको देखिएको भन्दै सबैलाई सोलोडोलो एकै ठाउँमा राख्न नमिल्ने बताइन् । ‘सबैलाई एकै डालोमा हाल्न भएन । जसले भ्रष्टाचार गरेका छन् उनीहरुलाई कानुनी दायरमा ल्याएर समस्याको समाधान गर्नतिर सबै लाग्नुपर्छ,’ अध्यक्ष पाण्डेले भनिन्, ‘यसरी निर्देशनात्मक तरिकाले काम गर्न खोज्दा असजिलो हुन सक्छ । केही निर्णय गर्दा अप्रिय हुन सक्छ । यसमा सरकारले ध्यान देओस् ।’

संघीयताविद् खिमलाल देवकोटाले सरकारको पछिल्लो निर्णय मान्नैपर्छ भन्ने बाध्यता नरहेको बताए । ‘संघ, प्रदेश र स्थानीय सरकारको आफ्नै नीति नियम हुन्छन् । यसमा संघीय सरकारले दिएको आदेश प्रदेश र स्थानीय तहले मान्नैपर्छ भन्ने छैन,’ देवकोटाले भने ।

सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सोमबार रिट निवेदन पेस गरेका हुन् । 

सोसाइटी राष्ट्रिय दैनिकलगायतका प्रमुख सञ्चारमाध्यमका प्रकाशकहरुको संस्था हो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ आज (मंगलबार)का लागि तोकिएको छ । सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णयले संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको अधिवक्ता लुइँटेलले बताए । 

रिटमा चौथो अंग आतंकित भइसकेकोसमेत उल्लेख छ । सरकारको उक्त निर्णय विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक निस्तेज बनाउने कार्य भएको रिटमा दाबी गरिएको छ । रिटमा सरकारको निर्णय तथा परिपत्र नेपालको संविधानको धारा १३३, (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरी अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने, कुनै पनि तवरले कमजोर बनाउने कार्य नगर्न नगराउन भनी परमादेश माग गरिएको छ ।

मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले त्यतिञ्जेल उक्त निर्णय नरोकिए जनताको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर परी मुलुकको चौथो अंग नै धराशायी भई अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमासमेत गम्भीर असर पर्ने भएकोले अन्तरिम

सञ्चारमन्त्रीलाई महासंघको ज्ञापनपत्र
नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले सोमबार मन्त्री तिमिल्सिनालाई उक्त माग राखेको हो । 

सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन महासंघले माग गरेको छ । ‘सरकारी  विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नुले निजी सञ्चारमाध्यमलाई आर्थिकरूपमा कमजोर बनाउँदै स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने देखिन्छ । यस्तो अभ्यास लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ,’ महासंघको ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले उक्त परिपत्र तत्काल खारेज गरियोस् । सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस् ।’

परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिकरुपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भन्दै महासंघले तत्काल निर्णय खारेज नभए आन्दोलनमा उत्रने चेतावनी महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

महासंघले बुझाएको ज्ञापनपत्रलाई सकारात्मकरुपमा लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सक्दो सहयोग गर्न बताए । उनले आफू सधैं सञ्चार क्षेत्रको सम्वद्र्धन र विकासको पक्षमा रहेको बताउँदै यसका लागि सञ्चारमाध्यमलाई निराश हुन नदिने प्रस्ट्याएका थिए । 

भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताए । महासंघकी अध्यक्ष शर्माले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेकी थिइन् । 
 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग मंगलबार, जेठ १२, २०८३
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने मंगलबार, जेठ १२, २०८३
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १२, २०८३
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP