काठमाडौं - प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुली सभापति रहने गरी १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको हो ।
समितिमा डा. ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द सुनुवार, खुस्बु ओली, गजला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई सदस्य छन् ।
यस्तै, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुुलभ खरेल सदस्य छन् । प्रतिनिधिसभाको कार्यसञ्चालन, समिति गठन, काम–कारबाही नियमित गर्न यो नियमावली आवश्यक पर्छ ।