काठमाडाैं - वाग्मती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको १७औँ अधिवेशन आह्वान गरेका हुन् ।
वाग्मती प्रदेशसभाको बैठक यही चैत २४ गते दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।