Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले सांसदलाई जनताको आवाज मुखरित गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सदन, सरकार र समग्र व्यवस्थालाई समन्नुत बनाउन सभामुखले भूमिका खेल्ने विश्वास गरे । “सदनमा नयाँ अनुहार मात्रै छैन, मुलुक परिवर्तन गर्ने दृढता भएका सांसदको उपस्थिति छ । नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्न सकोस्”, उनले भने ।

रास्वपा सांसद मनिष झाले संसद चिया चौतरी मात्रै नभई गुरुकुल र विश्वविद्यालय हुनुपर्नेमा जोड दिँदै सांसदले जनताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । “सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छन्, जुन गत भदौ २४ गते नै देख्यौँ”, उनले भने, “नवयुवा पुस्ताको विद्रोह सम्झेर सबैले दायित्व निर्वाह गर्नुहोला ।”

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सदनलाई जति प्रभावकारी बनाउन सकियो, त्यतिनै लोकतन्त्र सुदृढ हुने बताए । “लोकतन्त्रमा प्रतिपक्षको आवाज जति सशक्त र प्रभावकारी तथा रचनात्मक हुन सक्छ, त्यति नै लोकतन्त्र जीवन्त हुन्छ”, उनले भने ।

Hardik health

सांसद केसीले लोकतन्त्र वादप्रतिवाद र संवादको प्रक्रिया भएको जनाउँदै हामीभित्रको वैचारिक विविधताको कटुतालाई दुष्मनीको दृष्टिकोणले लिन नपर्ने बताए । उनले भने, “समग्ररूपमा हामी जे जस्तो विचार र दृष्किोण बोकेपनि सबै दलप्रति प्रतिबद्ध छौँ, तर, दलभन्दा राष्ट्रियता ठूलो हो, त्यसमा अहिले एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले विद्यार्थीको हकहितमा लडिरहने विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरे । विश्वका कतिपय प्रतिष्ठित विश्वविद्यालयमा समेत विद्यार्थी सङ्गठन रहेको उल्लेख गर्दै उहाँले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाएर सरकारले निरङ्कुशता प्रदर्शन गर्न खोजिरहेको बताए । एमाले सांसद विष्णुमाया विकले डिजिटल माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरणको योजना बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संसद्लाई जनताको पक्षमा काम गर्ने थलोका रूपमा विकास गर्न सभामुखलाई सुझाव दिए । नवयुवा पुस्ताले मुलुकको अवस्था बदल्न अन्दोलन गरेको उल्लेख गर्दै उनले समाजवादोन्मुख राज्य व्यवस्था स्थापना गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले झण्डै दुईतिहाइ मत प्राप्त गरेको दलको नेतृत्वमा गठित सरकारले विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न सक्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु वलीले एसियाली विकास बैंक र विश्व बैंकबाट सरकारले ‘डिजिटल नेपाल ट्रान्फरमेसन प्रोजेक्ट’ र ‘दिगो र समावेशी वित्त प्रयोजनका लागि’ ठूलो मात्रामा सहुलियत ऋण स्वीकार गरेको बारेमा सदनलाई जानकारी दिन माग गरे ।

रास्वपा सांसद गणेश पराजुलीले जनताको आवाज सुन्ने र सम्बोधन गर्ने प्रयासमा सरकारले कुनै कञ्जुस्याइँ गर्न नहुने बताए । रास्वपा सांसद निशा डाँगीले परिवर्तनको तीव्र चाहनास्वरूप जनताले रास्वपालाई अभूतपूर्व मत दिएको उल्लेख गर्दै जनताको मतको सम्मान गर्दै अघि बढ्नुपर्ने बताए ।

सोही पार्टीका सांसद राम लामाले निर्वाचनमार्फत व्यक्त जनमत राजनीतिक समर्थन मात्रै नभई उत्तरदायित्वको स्पष्ट सन्देश भएकाले जनअपेक्षा पूरा गर्न लाग्नुपर्ने बताए । रास्वपा सांसद खगेन्द्र सुनारले जातीय विभेदका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अब अन्त्य गरिनुपर्ने बताए ।
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा मंगलबार, जेठ १२, २०८३
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग मंगलबार, जेठ १२, २०८३
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने मंगलबार, जेठ १२, २०८३
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP