काठमाडौं - गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा छड्के चेकजाँचमा पुगेका छन् ।
उनी सोमबार (चैत २३) बिहान दुवै कार्यालयमा पुगेर आकस्मिक चेकजाँच गरेका गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
नागरिकले भोग्नुपरेको सास्ती, वेबसाइट ‘ह्याक’ हुने, सेवा प्रवाहमा ढिलासुस्तीलगायत विषयमा उनले चासो राखेका सचिवालयको भनाइ छ ।