Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
समाचार
  • Home
  • समाचार
  • पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म 
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२
  • इन्धन खपत घटाउन आजदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा

आपूर्ति अस्थिर हुँदा इन्धन बचत गर्ने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो निर्णय सोमबार (आज) देखि लागू हुने छ ।
सस्मित पोखरेल
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धको प्रभाव नेपालमा गहिरिँदै गएको छ । सार्वजनिक प्रशासनदेखि जनताको भान्सासम्मै असर देखिन थालेको हो ।

यहीबीच सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने र बाँकी दिन सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । 

अन्य देशमा पनि इन्धन खपत कम गर्न सार्वजनिक बिदा दिने चलन छ । नभए अर्को विकल्प सवारी चलाउँदा जोर बिजोर प्रणाली लागू गर्ने पनि गरिन्छ र बिदाको निर्णय भयो ।
चण्डिकाप्रसाद भट्ट
कार्यकारी निर्देशक, नेपाल आयल निगम

Hardik health

आपूर्ति अस्थिर हुँदा इन्धन बचत गर्ने उद्देश्यले यस्तो कदम चालिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए । उनका अनुसार यो निर्णय आजदेखि लागू हुने छ ।इजरायल र अमेरिकाले इरानमा संयुक्त आक्रमण गरेपछि सुरु भएको युद्धले तेल उत्पादन र ढुवानी प्रणालीमै जोखिम सिर्जना गरेको छ । विशेषगरी स्ट्रेट अफ हर्मुजजस्तो महŒवपूर्ण समुद्री मार्गमा इरानको अवरोधले विश्वबजारमै कच्चा तेलको मूल्य आकासिएको छ । यसको प्रत्यक्ष असर नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा परेको सरकारले जनाएको छ ।

पश्चिम एसियामा जारी युद्धले नेपालको रेमिट्यान्स आयमा ठूलो धक्का पु¥याउन सक्छ । रेमिट्यान्स घटेमा विदेशी मुद्रा सञ्चिति, बैंकिङ तरलता र समग्र अर्थतन्त्रमा दबाब पर्ने निश्चित छ ।
डा. चन्द्रमणि अधिकारी
अर्थविद्

नेपाल आयल निगमले युद्धपछि तीनपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लोपटक शुक्रबार निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । मूल्य समायोजनसँगै तेस्रो वर्गअन्तर्गतको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । डिजेल १८२ प्रतिलिटर पुगेको छ । त्यसअघि १६७ रुपैयाँ प्रतिलिटर थियो ।

आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थको खपत कम गर्न जोर बिजोर प्रणाली र सार्वजनिक बिदा बढाउने विकल्पमध्ये एउटा निर्णय लिन सरकारलाई सुझाएको र सोहीअनुसार बिदा बढाउने निर्णय भएको बताए । उनले भने, ‘अन्य देशमा पनि इन्धन खपत कम गर्न सार्वजनिक बिदा दिने चलन छ । नभए अर्को विकल्प सवारी चलाउँदा जोर बिजोर प्रणाली लागू गर्ने पनि गरिन्छ र बिदाको निर्णय भयो ।’

कोभिडकालमा सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर, प्रभावकारी भएन । त्यसबेला सरकारको त्यस्तो कदमप्रति आलोचना बढेको थियो । यसपटक भने सरकारले सार्वजनिक बिदा आइतबार पनि दिने निर्णय गरेको हो । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्यरूपमा बढिसकेको छ । त्यसको असरस्वरूप पेट्रोल, डिजेल र ग्यासको मूल्य नेपालमा तीनपटक बढेको छ । खाना पकाउने एलपी ग्यासको त अभाव भइसकेको छ । ग्यास अभावले उपभोक्ता हैरान छन् । कतिपय ठाउँमा सिलिण्डर पाउन लाइन बस्नुपर्ने अवस्था छ भने कालोबजारीसमेत बढेको गुनासो छ । वाणिज्य विभागले यसअघि अनुगमनसमेत गरेको छ र केही उद्योगीहरूलाई अनुचित लाभ लिएर बेच्न भण्डारण गरेको आरोपमा जरिवाना तिराइसकेको छ । तर, पनि बजारमा आपूर्ति सहज बनेको छैन जसले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनेको छ ।

इन्धनको मूल्य बढ्दा ढुवानी खर्च पनि बढेको छ । यसको प्रभाव खाद्यान्न, तरकारी, दाल, तेललगायतका अत्यावश्यक वस्तुको मूल्यमा देखिएको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा आम उपभोक्ताको क्रयशक्ति घट्दै गएको छ । कच्चा तेलको मूल्यवृद्धि हुँदा त्यसले सम्पूर्ण आपूर्ति शृंखलामा असर पार्छ । उत्पादनदेखि ढुवानीसम्म लागत बढ्ने हुँदा अन्ततः उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने उनले बताए । यसबाहेक युद्धकै कारण पश्चिम एसियाका खाडी मुलुकहरूमा रहेका झण्डै १७ लाख नेपालीको रोजगारी र सुरक्षामा जोखिम बढेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हजारौं नेपाली स्वदेश फर्कन इच्छुक देखिएका छन् । यही २०, २१ र २२ चैतमा (३, ४ र ५ अप्रिल)मा दुबईलगायत विभिन्न ठाउँबाट स्वदेश फर्किन चाहेका नेपालीको उद्धार सरकारले विशेष उडान अभियानअन्तर्गत गरेको छ । गन्तव्य मुलुक जान चाहनेहरूलाई पनि गन्तव्यसम्म पु¥याइएको जनाएको छ ।  अर्थविद् डा. अधिकारी पश्चिम एसियामा जारी युद्धले नेपालको रेमिट्यान्स आयमा ठूलो धक्का पु¥याउन सक्ने सम्भावना रहेको बताउँछन् । उनका अनुसार नेपालमा भित्रिने कूल रेमिट्यान्सको करिब ४० प्रतिशतभन्दा बढी हिस्सा खाडी मुलुकले ओगट्छ । रेमिट्यान्स घटेमा विदेशी मुद्रा सञ्चिति, बैंकिङ तरलता र समग्र अर्थतन्त्रमा दबाब पर्ने निश्चित छ ।

युद्धका कारण प्राकृतिक ग्यास आपूर्ति प्रभावित हुँदा रासायनिक मल उत्पादनमा समस्या आएको छ । नेपालमा मल अभाव हुन सक्ने भन्दै चिन्ता प्रकट हुन थालेको छ । चैते धान रोपिरहेको र अब मल लगाउने बेला हुन लाग्दा मल संकट देखिए त्यसले कृषि उत्पादनमा असर पार्ने र खाद्य सुरक्षामा चुनौती थप्ने सम्भावना बढाउन सक्छ ।  यस्तै, प्लास्टिकजन्य कच्चापदार्थको अभावले उद्योगहरू प्रभावित भएका छन् । पाइप, बोतल, जार उत्पादन गर्ने उद्योगहरूमा संकट देखिन थालेको छ । कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । यसले रोजगारी गुम्ने जोखिम बढाएको छ । उद्योग क्षेत्र प्रभावित हुँदा आर्थिक गतिविधि सुस्ताउने खतरा पनि बढेको छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा मंगलबार, जेठ १२, २०८३
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग मंगलबार, जेठ १२, २०८३
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने मंगलबार, जेठ १२, २०८३
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP