Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वाचापत्रको पहिलो पृष्ठमा ‘थिति बसाल्ने संकल्प’ लेखिएको छ । पुराना दलको मनपरी र भ्रष्टाचारको विरोधमा आवाज बुलन्द पारेको रास्वपालाई मिडियाले साथ दियो । सुशासनको पक्षमा उभिएको निजी सञ्चार माध्यमले रास्वपालाई पूर्ण रुपमा समर्थन पनि ग¥यो ।

निजी सञ्चार माध्यम सधैं भ्रष्टाचारको विरोधमा उत्रिरहन्छ र सरकारमाथि प्रश्न गरिरहन्छ । यसले गर्दा पुराना दलप्रति वितृष्णा बढ्दा रास्वपाका पक्षमा एकाएक माहोल बन्यो । किनकि निजी सञ्चार माध्यमले पुराना दलले गरेको अनियमितताको खुलेर विरोध गरेको थियो । यसरी नै माहोल बन्दा रास्वपाले फागुन २१ गतेको निर्वाचनमा १८२ सिट जित्न सफल भयो । तर उही प्रश्न गर्ने सञ्चार माध्यमको घाँटी निमोठ्ने गरी सरकारले सरकारी विज्ञापन रोक्ने निर्णय गरेको छ ।

सरकारी संरचनाबाट आउने विज्ञापनमा कर्मचारी, बिचौलियाबाट कमिसनको खेल भएको हुनसक्छ । यसमा सरकारले निष्पक्ष छानबिन गरी संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सक्छन् । निजी सञ्चार माध्यम, विज्ञापन संघदेखि सम्बन्धित सरोकारवालासँग सरकारले छलफल गरी रणनीति तय गर्न सक्छन् । तर सरकारले रोग लागेको मानिसलाई रोगको उपचार गर्नुको साटो ‘हत्या’ को बाटो रोजेको देखिन्छ ।

Hardik health

घाँटी निमोठेपछि उपचार गरिरहनु नपर्ने नीति सरकारको देखिएको छ । एक त खुला अर्थतन्त्र, अर्को रोजगारी सिर्जनाको वाचा । कोरोना महामारीदेखि जेन–जी विद्रोहले थिलोथिलो भएको सञ्चार उद्योग क्षेत्रमा हजारौ सञ्चारकर्मी कार्यरत छन् । प्रकाशन/प्रसारणदेखि वितरणसम्म कयौं कामदार कार्यरत छन् । यसरी सबैभन्दा पहिले यी सञ्चारकर्मी र कामदारको रोजगार खोस्ने बाटोमा सरकार लागेको देखिन्छ ।

सरकारले पहिले सरोकारवालाहरुसँग छलफल गर्ने हो । विकल्प दिने हो । समयसीमा दिने हो । तर जनताले विश्वास गरेर झन्डै दुई तिहाइ पुगनपुग सिट दिएको सरकार तानाशाही शैलीमा उत्रिएको छ । उसको नीति प्रश्न नगर्ने सरकारी सञ्चारमाध्यमलाईमात्र पोस्ने देखिएको छ । वाक स्वतन्त्रता, सूचनाको हक र प्रश्न सोध्न पाउने नागरिकको न्युनतम अधिकारको त्रिवेणी मानिने निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने यस्तो नीति तुरुन्त खारेज गर्नुपर्दछ ।

यस्तो निरंकुश कदमबाट सरकार ‘ब्याक’ नभए यसको क्षतिको जिम्मेवारी रास्वपाको सरकार हुनुपर्ने छ । नागरिकको आवाज रोक्न खोज्दा २०७४ मा बनेको नेकपाको शक्तिशाली सरकार र २०८१ मा बनेको एमाले र कांग्रेस नेतृत्वको सरकार सडकमा पुगेको जगजाहेर नै छ । यसैले नागरिकको मौलिक हकको सुनिश्चिता गर्न यस्तो निर्णय तुरुन्तै फिर्ता लिएर परिमार्जन गरी सरोकारवालासँग छलफल गरी अघि बढ्नु नै बुद्धिमतापूर्ण हुनेछ ।  
 


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP