Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १५, २०८२

नेपालको राजनीतिक इतिहासमा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले कार्यभार सम्हालेको २४ घण्टाभित्रै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णयले देशको राजनीतिलाई तरंगित मात्र बनाएको छैन, विधिको शासनमाथि गम्भीर प्रश्नसमेत खडा गरेको छ । ‘जेन-जी’ आन्दोलनको सम्बन्धमा छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा जसरी ‘जरुरी पक्राउ पुर्जी’ जारी गरियो, त्यसले सरकारको मनसायमाथि शंका गर्ने पर्याप्त ठाउँ दिएको छ ।

कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ र दोषीले सजाय पाउनुपर्छ भन्नेमा दुईमत हुन सक्दैन । तर, न्याय सम्पादनको प्रक्रिया जति निष्पक्ष हुनुपर्छ, उति नै निष्पक्ष देखिनु पनि पर्छ । मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार ‘जरुरी पक्राउ पुर्जी’ तब मात्र जारी गरिन्छ, जब अभियुक्त भाग्ने वा प्रमाण नष्ट गर्ने तत्काल खतरा हुन्छ । देशको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीजस्ता सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको हकमा यस्तो हतारो किन गरियो ? के उनीहरू भाग्ने सम्भावना थियो ? यो प्रश्नको चित्तबुझ्दो जवाफ नदिई गरिएको पक्राउले सरकार ‘विधिको शासन’ भन्दा पनि ‘लोकप्रियतावाद’ र ‘राजनीतिक प्रतिशोध’ बाट प्रेरित भएको सन्देश प्रवाह भएको छ ।

अझ गम्भीर विषय त यो छ कि जुन प्रतिवेदनलाई आधार बनाएर पक्राउ गरियो, त्यो प्रतिवेदन अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक नै गरिएको छैन । प्रतिवेदनको वैधानिकता र त्यसमा उल्लेखित आरोपहरूको गम्भीरतामाथि कानुनी परीक्षण नै नगरी हतारमा कदम चाल्नुले सरकारलाई नै कानुनी अप्ठ्यारोमा पार्ने निश्चित छ । उच्च पदस्थ व्यक्तित्वहरूलाई पक्राउ नगरी पनि अनुसन्धान अगाडि बढाउन सकिने विकल्प हुँदाहुँदै अपनाइएको यो छोटो बाटोले लोकतान्त्रिक संस्थाहरू र कार्यपालिकाबीचको सन्तुलन बिगार्न सक्छ ।

Nada Auto Show 2026
Hardik health

सरकारको यो कदमले देशलाई थप राजनीतिक ध्रुवीकरण र द्वन्द्वतिर धकेल्ने जोखिम बढाएको छ । संसद्का ठूला दलहरूलाई चिढ्याएर र कानुनी प्रक्रिया मिचेर गरिने यस्ता निर्णयले अन्ततः बालेन्द्र सरकारको स्थिरता र विश्वसनीयतामाथि नै प्रश्न उठाउने छ । न्याय भावनाबाट होइन, प्रमाण र प्रक्रियाबाट निर्देशित हुनुपर्छ ।

तसर्थ, सरकारलाई हाम्रो सुझाव छ- न्यायका नाममा प्रतिशोधको राजनीति बन्द गरियोस् । अनुसन्धानलाई पूर्ण पारदर्शी बनाइयोस् र प्रतिवेदन सार्वजनिक गरी विधिको उचित प्रक्रिया पछ्याइयोस् । हतारमा गरिएको निर्णयले सिर्जना गर्ने राजनीतिक अस्थिरताको मूल्य लोकतन्त्रका लागि महँगो पर्न सक्छ । सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको परिधिभित्र रहेर मात्र आफ्नो अधिकारको प्रयोग गर्नु नै आजको आवश्यकता हो ।
 


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP