Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
माैसम
  • Home
  • माैसम
  • जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै
जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ९, २०८२

काठमाडौ‌ं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने ) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन्  । 

विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्यांकलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे  ।  

“वैज्ञानिक तथ्यांकलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,” उनले भने । जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औँल्याए । साथै, सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।  जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरण, प्रविधिको प्रयोग विस्तार तथा संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु धर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्दै अवलोकनदेखि सेवासम्मको मौसम प्रणालीको विकासक्रम, प्रविधिको प्रयोग तथा भविष्यका योजनाबारे जानकारी गराए । उनीहरुले पछिल्लो समय मौसमजन्य पूर्वसूचनाको अवलोकनदेखि सेवासम्म मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै गएको बताए । अवलोकन, विश्लेषण, पूर्वानुमान र सेवामार्फत विपद् न्यूनीकरणमा प्रभावकारी योगदान पुर्या‍इरहेको उनीहरुको भनाइ छ । 

Hardik health

विश्व मौसम दिवस २०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मौसमसम्बन्धी सही अवलोकन बिना प्रभावकारी पूर्वानुमान सम्भव नहुने उल्लेख छ । वरिष्ठ मौसमविद् प्रधानाङ्गले मौसमले उड्डययन, कृषि, स्वास्थ्य, दैनिक जनजीवन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विश्वसनीय तथ्यांक संकलन आवश्यक रहेको औँल्याए । उनका अनुसार देशभरका स्वचालित र ‘म्यानुअल’ मौसम स्टेसन, राडार, उपग्रह तथा रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्यांक संकलन गरिँदै आएको छ ।

संकलित तथ्यांकलाई गुणस्तर परीक्षण तथा विश्लेषण गरी पूर्वानुमान तयार पारिने गरिएको छ ।  सङ्ख्यात्मक मौसम पूर्वानुमान (एनडब्ल्युपी) प्रणालीमार्फत विभिन्न सरकारी निकाय तथा सरोकारवालालाई डेटा उपलब्ध गराउँदै आएको प्रधानाङ्गको भनाइ छ । “यसले यातायात, कृषि, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा निर्णय लिन सहयोग पु¥याइरहेको छ,” उनले भने। हाल १२ घण्टा, २४ घण्टा, तीन दिन तथा साप्ताहिक पूर्वानुमान सेवा सञ्चालनमा रहेको छ ।

यस्तै, उड्डययन क्षेत्रका लागि विशेष मौसम सेवा, पर्वतारोहण पूर्वानुमान, कृषि मौसम सेवा तथा विशेष चेतावनी प्रणालीसमेत सञ्चालनमा छन् । विभागका अनुसार पछिल्ला वर्षमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढाइएको र स्वचालित मौसम स्टेसन, उन्नत उपग्रह, राडार प्रणाली तथा उच्च क्षमतायुक्त कम्प्युटर प्रणालीमार्फत पूर्वानुमानको शुद्धता सुधार गरिएको छ ।

सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान  प्रणालीले विशेषगरी मनसुनको समयमा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाएको विभागले जनाएको छ । भविष्यमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, निर्णय सहयोग प्रणाली, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण तथा मोबाइल एपमार्फत  सेवा विस्तार गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ । जलविद् रायले बाढीसम्बन्धी पूर्वसूचनाका कारण सम्भावित जोखिम न्यूनीकरण भएको र धनजनको क्षतिसमेत कम भएको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । 


 


प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम पूर्वानुमान : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना आइतबार, चैत ८, २०८२
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह शुक्रबार, चैत ६, २०८२
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना शुक्रबार, चैत ६, २०८२
भाेलिकाे माैसम: हावाहुरी, वर्षा र हिमपातको सम्भावना
भाेलिकाे माैसम: हावाहुरी, वर्षा र हिमपातको सम्भावना बिहीबार, चैत ५, २०८२
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान बिहीबार, चैत ५, २०८२
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP