Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • लागुऔषध र भन्सार छलीविरुद्ध रूपन्देहीमा एक महिनामै १०४ अपराध दर्ता
लागुऔषध र भन्सार छलीविरुद्ध रूपन्देहीमा एक महिनामै १०४ अपराध दर्ता
ओम प्रकाश विष्ट
ओम प्रकाश विष्ट मंगलबार, चैत ३, २०८२

भैरहवा- जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार फागुन महिनामा विभिन्न विधाका कुल १०४ वटा मुद्दा दर्ता भएका छन्।

अपराधको वर्गीकरण हेर्दा सबैभन्दा धेरै संगठित तथा आर्थिक अपराधका ३७ वटा मुद्दा रहेका छन् भने सामाजिक अपराधतर्फ २१ वटा, आत्महत्या सम्बन्धी १८ वटा, सवारी दुर्घटना सम्बन्धी ११ वटा र ज्यान सम्बन्धी ९ वटा मुद्दा दर्ता भएका छन्। यसका अतिरिक्त महिला तथा बालबालिका सम्बन्धी ५ वटा र चोरीका ३ वटा मुद्दा दर्ता भएका छन्।

अपराध नियन्त्रणको सिलसिलामा प्रहरीले चालू मुद्दाका ७८ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ। अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीको उल्लेखनीय सक्रियता देखिएको छ। विभिन्न समयमा सजाय सुनाइएर फरार रहेका १२ जना प्रतिवादीहरूलाई पक्राउ गरी ११ वर्ष ६ महिना १५ दिन बराबरको कैद भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको छ भने उनीहरूबाट १६ लाख १६ हजार ४८४ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।

लागुऔषध नियन्त्रणमा विशेष सफलता पाएकाे रूपन्देही प्रहरीले जनाएकाे छ । फागुन महिनामा लागुऔषध सम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन् भने २१ जना मानिसहरू पक्राउ परेका छन्। बरामद सामग्रीहरूको विवरण हेर्दा ७ केजी १५० ग्राम गाँजा, ३८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर र नुफिन सहितका १६११ एम्पुल लागुऔषध नियन्त्रणमा लिइएको छ।

Hardik health

यस महिनाका मुख्य घटनाहरूमध्ये फागुन ७ गते गैडहवा गाउँपालिका–३ गोबडौरीमा ३७ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसहित जगदीश कुर्मी र महेश कुर्मी पक्राउ परेका थिए। त्यस्तै, फागुन २६ गते सिद्धार्थनगर नगरपालिका–८ बाट अरमान अलि तेली ३ केजी ७५० ग्राम गाँजासहित पक्राउ परेका थिए। अर्को एक ठूलो सफलतामा, फागुन २८ गते भारतको उत्तर प्रदेश घर भएका मोहम्मद आजमसँगको खानतलासीका क्रममा डाइजेपाम, फेनारगन र नुफ्रिन गरी कुल १५०० एम्पुल प्रतिबन्धित इन्जेक्सन बरामद भएको थियो। यी सबै घटनामा संलग्नहरू विरुद्ध थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले महिला तथा ज्येष्ठ नागरिक विरुद्ध हुने हिंसा न्यूनीकरणमा पनि विशेष ध्यान दिएको देखिन्छ। फागुन महिनामा घरेलु हिंसाका ४४ वटा र महिला छिमेकीसँगको झगडाका ३८ वटा उजुरी दर्ता भएका थिए। घरेलु हिंसाका उजुरीहरूमध्ये ३५ वटामा मिलापत्र गराइएको छ भने ९ वटा मुद्दा प्रक्रियामै रहेका छन्। घरेलु हिंसाको प्रकृति विश्लेषण गर्दा घरायसी झै–झगडाका ११ वटा, कुटपिट तथा घाउ जाँचका २१ वटा, र मादक पदार्थ सेवन गरी गालीगलौज गरेका ७ वटा घटना रहेका छन्।

हराएका व्यक्तिहरूको खोजी कार्य यस महिना कुल ६३ जना व्यक्तिहरू छन् ।  हराएकोमा महिला ९, पुरुष ७ , बालक १  र बालिका ३ जेष्ठ नागरिक १ गरी २१ जना फेला परेका छन् भने अघिल्लो महिनाहरूको फलोअपबाट महिला ४, पुरुष २ , बालिका २  थप ८ जना फेला परेका छन्। 

यातायात व्यवस्थापन र सडक सुरक्षातर्फ जिल्लामा कुल १५५ वटा साना–ठूला सवारी दुर्घटनाहरू भएका छन्। यी दुर्घटनाहरूमा संलग्न सवारी साधनको संख्या १९३ रहेको छ। विडम्बनापूर्ण रूपमा यी दुर्घटनाहरूमा ९ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन्। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि नियमित चेकिङलाई तीव्रता दिएको छ। चेकिङका क्रममा २१४३ वटा सवारी साधनलाई कारबाही गरी ३३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरिएको देखिन्छ भने प्रहरी द्वारा१५५ उद्दार गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरू विरुद्ध प्रहरीले कडा कदम चाल्ने संकेत दिएको छ।

आर्थिक अपराध र राजस्व चुहावट नियन्त्रणमा पनि प्रहरीको उपलब्धि प्रशंसनीय छ। अवैध भन्सार छलीका गतिविधिबाट १८ लाख १३ हजार ६१८ रुपैयाँ राजस्व संकलन गरिएको छ भने संलग्न १८ जनालाई पक्राउ गरिएको छ। यस क्रममा ६० वटा मोटरसाइकल र ४ वटा छोटा हात्ती (पिकअप) नियन्त्रणमा लिइएको छ। त्यस्तै, प्राकृतिक सम्पदाको अवैध दोहन रोक्न प्रहरीले ९ वटा सवारी साधन (जेसीबी २, टिप्पर ५ र ट्रयाक्टर २) बरामद गरेको छ र १ लाख ७० हजार रुपैयाँ जरिवाना तिराएको छ। 

त्यस्तै अवैध पशुपक्षी चोरी निकासीतर्फ ३९ वटा मोटरसाइकल र १०३७ पिस कुखुरा बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा मा ८ लाख ६५ हजार ८०० रुपैयाँ राजस्व बुझाएको छ । विपद व्यवस्थापनतर्फ यस महिना जिल्लामा कुल १२ वटा घटनाहरूमध्य १० वटा आगलागिको भएको पाइएको छ। आगलागीका घटनामा ३ जना घाइते भएका छन् भने पानीमा डुबेर २ जनाको मृत्यु भएको देखिएको छ। विपदका बेला प्रहरीका ४६ जना जनशक्ति परिचालन भएर उद्धार कार्य गरेको छ।

प्रहरीले "समुदाय–प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत व्यापक जनचेतनामूलक गतिविधिहरू पनि संचालन गरेको छ। विद्यालयहरूमा लागुऔषध दुर्व्यसनी विरुद्ध, लैंगिक हिंसा न्यूनीकरण र सडक सुरक्षा सम्बन्धी ११ वटा कार्यक्रमहरू आयोजना गरेको छ।, जसमा ४३६ जना विद्यार्थीहरू सहभागी गराएको छ। त्यस्तै, समुदाय स्तरमा आत्महत्या रोकथाम, मानव बेचबिखन र सडक सुरक्षा सम्बन्धी ६ वटा कार्यक्रममा २६९ जना स्थानीयको सहभागिता रहेको थियो।

जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीले नियमित रूपमा पिकेट, चेकिङ र गस्तीहरू परिचालन गरेको छ। फागुन महिनामा ४९३ पटक पिकेट, ३९० पटक चेकिङ र ७८५ पटक ग्रामीण गस्ती गरेको छ। यस्तै लामो दुरिको गस्ती १७ पटक छोटो दुरिको गस्ती २४०० पटक गरेको छ। यसैगरी, ७ वटा भीआईपी आवागमन र ९६ वटा राजनीतिक कार्यक्रमहरूमा शान्ति सुरक्षा कायम गर्न प्रहरी जनशक्ति खटाइएको थियो।

यस महिना हटलाइन मार्फत ४९२९ वटा कलहरू प्राप्त भएका छन् भने ८५४ जना सेवाग्राहीहरूले सहायता कक्षबाट प्रत्यक्ष सेवा लिएका छन्। सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार प्रहरीले जनस्तरबाट प्राप्त सहयोग र सूचनाकै आधारमा धेरै अपराधहरू न्यूनीकरण गर्न सफल भएकाे छ।आगामी दिनहरुमा पनि अपराध न्युनिकरण गर्न जनस्तरबाट सहयोग र सूचना प्राप्त हुनेमा विस्वसत देखिन्छन।


प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
साइबर अपराधमा  १९९ वटा उजुरीहरू
साइबर अपराधमा १९९ वटा उजुरीहरू मंगलबार, चैत ३, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ मंगलबार, चैत ३, २०८२
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी  सोमबार, चैत २, २०८२
वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ
वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ सोमबार, चैत २, २०८२
नवलपरासी कारागारका १८० कैदी अझै फरार
नवलपरासी कारागारका १८० कैदी अझै फरार सोमबार, चैत २, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP