Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
जीवन राई (लाइफ विन )
जीवन राई (लाइफ विन ) सोमबार, चैत २, २०८२

काठमाडाैं - हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले नेपालको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोड ल्याएको छ। लामो समयदेखि सत्तामा रहँदै आएका परम्परागत दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी यसपटक जनमतबाट उल्लेखनीय रूपमा कमजोर बनेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट लगभग दुई तिहाइ नजिकको सिट जित्दै नेपाली राजनीतिमा नयाँ सन्देश दिएको छ। मधेशका ‘धर्तीपुत्र’ भनेर दाबी गर्ने मधेशी दलहरूसमेत राष्ट्रिय दलको मान्यतासम्म पाउने अवस्थामा पुग्न सकेनन्।

क्याम्ब्रिज यूनीभर्सिटी पढेका, पछिल्लो निर्वाचनमा उपेन्द्र यादबलाई समेत हराएका डा सिके राउत जो उग्र मधेसको नारा लगाउथे उनले समेतल यो निर्वाचनमा हार खानु पर्यो उता डा माहाबिर पुन जो शिक्षा मन्त्रीबाट राजिनामा दियर चुनाब लड्न जाँदासमेत जनताले अनुमोदन गरीदीए। पाहाड र मधेसको फरक देखाउन खोज्ने मधेशका मै हु भन्ने क्षत्रीय नेताहरुलाइ यो चुनाबमा मधेशी जनताले समेत पत्यायानन् ।

Hardik health

यस्तो परिणाम किन आयो भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा व्यापक रूपमा उठिरहेको छ। राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, “लामो समयदेखि सत्ता सम्हालेका दलहरूको ज्यादतीका कारण जनतामा विश्वास कायम राख्न सकेनन्" । जस्ले गर्दा हार ब्योहोर्नु पर्यो ।आर्का विश्लेषक अरुण सुबेदी भन्छन “यसपाली नेपाली जनता चुप-चाप बोले अनि भोट आसाका साथ रास्वपालाइ दीए पहिले जती जुलुस, आमसभा, कोणसभा, माइकिङ भएनन जनताले  चुप-चाप ब्यालेट बक्समा भोट हाले। बिदेशमा रहेका नेपालीको अन्तर सम्बन्ध देश भित्र देखियो” ।

लामो समयदेखि सत्ता सम्हालेका दलहरूले जनतामा विश्वास कायम राख्न सकेनन्। भ्रष्टाचार, गुटबन्दी र विकासमा सुस्तताका कारण जनतामा गहिरो निराशा पैदा भयो। रास्वपाले त्यही असन्तुष्टिलाई अवसरका रूपमा प्रयोग गर्न सफल भयो भन्ने आम जनताको बुझाइ छ। मतदाताले यसपटक परम्परागत दललाई ‘सन्देश दिने’ मनोविज्ञानका साथ मतदान गरेका हुन्।

सामाजिक सञ्जाल र वैकल्पिक सञ्चार माध्यममार्फत रास्वपाले युवासँग सीधा संवाद स्थापित गर्यो। पारदर्शिता, सुशासन र प्रणाली सुधारको एजेन्डाले विशेष गरी शिक्षित युवा मतदातालाई आकर्षित गर्यो।” विश्लेषक श्रवण शर्माका अनुसार नेपालका “कांग्रेस र कम्युनिस्टहरु एक आपसमा समातेर, टासीएर बिकास भयका हुन। उनका अनुसार आफ्नो सिद्धान्त र लय पकड्न नसकेर नै यीनीहरु पराजयतिर गयका हुन्। त्यसैले अहिले मतदाताले त्यसभन्दा माथि उठेर कार्यक्षमता र इमानदारीको आधारमा नेतृत्व चयन गर्ने संकेत दिएका छन्।”

समग्रमा हेर्दा, यस चुनावी परिणामले नेपाली मतदाताको चेतनामा आएको परिवर्तनलाई संकेत गर्छ। मतदाता अब केवल पुराना नारा वा परम्परागत पहिचानको राजनीतिबाट प्रभावित हुने अवस्थामा छैनन्। उनीहरू सुशासन, पारदर्शिता र परिणाममुखी नेतृत्व चाहन्छन्। यो  चुनावी परिणामका पछाडि मुख्यतः तीन वटा कारण देखिन्छन्—पुराना दलप्रति बढ्दो असन्तुष्टि, सुशासनको खोजी, र नयाँ राजनीतिक नेतृत्वप्रति जनताको भरोसा।

रास्वपाको यो विजय केवल एउटा दलको सफलता मात्र होइन, नेपाली राजनीतिमा परिवर्तनको चाहना झल्काउने जनादेश पनि हो। अब चुनौती भनेको यही जनअपेक्षालाई व्यवहारमा रूपान्तरण गर्नु हो। यदि नयाँ नेतृत्वले जनताको विश्वासलाई कायम राख्न सकेन भने, नेपाली मतदाता फेरि पनि अर्को विकल्प खोज्न पछि नपर्ने सम्भावना त्यत्तिकै बलियो रहनेछ।


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP