Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २, २०८२

प्रधानन्यायाधीश हुँदा सुशीला कार्कीले निष्कलंक व्यक्तिको छवि बनाएकी थिइन् । त्यही कारण जेन-जी विद्रोहपछि बनेको अन्तरिम सरकारको नेतृत्वमा सबैको रोजाइ बनिन् कार्की । प्रधानमन्त्री बनेसँगै उनको काँधमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु थियो । कार्कीले आफ्नो नेतृत्वमा यो काम दत्तचित्त भएर फत्ते गरिन् । वाहवाही कमाइन् ।

तर सरकारबाट जाँदै गर्दा भने आफ्नालाई लाभको पद दिलाउनेमा अरुभन्दा कम छैन भन्ने उदाहरण प्रस्तुत गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत पाएसँगै नयाँ सरकार बन्ने चरण सुरु भएको छ । यो बेला कार्की नेतृत्वको सरकारले ‘ग्रेस एक्जिट’ लिनुपर्ने हो । तर आइतबार मन्त्रिपरिषद् बैठक राखेर कार्की नेतृत्वको सरकारले आफ्नै गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय ग¥यो । रमाइलो कुरा के थियो भने यो निर्णय गृहमन्त्री अर्याल आफैंले सार्वजनिक गरेका थिए । आफैंले यो निर्णय सुनाउँदा सत्तामा बस्नेहरु पुरानो होस् या नयाँ आफ्नो शक्ति कतिसम्म दुरुपयोग गर्छन् भन्ने प्रस्ट भएको छ ।

‘नेपोटिजम’ अर्थात् नातावादको चर्को विरोध नेपाली राजनीतिदेखि विभिन्न पेसा व्यवसायमा हुने गर्छ । जेन-जी विद्रोह पनि ‘नेपोकिड’ ट्रेण्ड चलाएरै भएको थियो । यो विद्रोहका क्रममा कैयन् युवाहरु घाइते भएका छन् । तर ती सबै बिर्सिएर प्रधानमन्त्री कार्कीले आगामी पाँच वर्षका लागि राष्ट्रिय सभामा आफ्नो सरकारमा गृहमन्त्री बनेका अर्यालको जागिर पक्का गरिदिएकी छन् ।

Nada Auto Show 2026
Hardik health

यतिमात्र हैन प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् । आदर्श यस्तो पात्र हुन् जो प्रधानमन्त्री कार्यालयमा हुँदा आफ्नै श्रीमतीलाई पनि सचिवालयमा जागिर खुवाउन सफल भए । व्यवसायीदेखि राजनीतिक दलका नेतासँग ‘सेटिङ’को खुबी बोकेकै कारण आदर्शलाई प्रधानमन्त्री कार्कीले जोगाएको बताइन्छ । यस्तो आरोप लागेको व्यक्तिलाई कार्कीले संरक्षण गर्दै पाँच वर्षको जागिर पक्का गराएकी छन् ।

चर्को अविश्वासकाबीच निर्वाचन गराउन सफल भए पनि हात्ती छि¥यो, पुच्छर अड्कियो भनेझैं जिम्मेवारीबाट बहिर्गमन हुने बेला प्रधानमन्त्री कार्की पनि भागबण्डा नगर्ने र आफूनिकटलाई पदमा नियुक्त नगर्ने अभ्यासबाट भने विमुख हुन सकिनन् । जेन-जीदेखि नागरिकको मनमा सुशासनको आइकन बनेकी सुशीलाले पनि जाँदाजाँदै कुशासनलाई निरन्तरता दिएकी छन् । नयाँ सरकारलाई सुशासनको उदाहरण दिने हो भने कार्की नेतृत्वको सरकारले आइतबार गरेका दुई निर्णय तुरुन्त फिर्ता गर्नुपर्छ । नभए ‘जुन जोगी आए नि कानै चिरेका’ उखान पुन चरितार्थ हुने छ ।
 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP