काठमाडौं - हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ ।
जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।