Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२

काठमाडौं उपत्यकामा बढ्दो प्रदूषणका कारण हावाको गुणस्तर खराब अवस्थामा पुगेको छ । सोमबार नेपाल सबैभन्दा खराब हावा रहेको देशको नम्बर एकमा पुगेको हो । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्युएयरका अनुसार नेपालको सूचकांक १८४ पुगेको छ । यो स्वास्थ्यका दृष्टिले अत्यन्तै अस्वस्थ हो । बिहीबारयता काठमाडौंको आकाश खुलेको छैन । आकाश पूरै तुवाँलोले ढाकिएको देखिन्छ । यसको असर सर्वसाधारणले भोगिरहेका छन् । आँखा पोल्ने, घाँटी चिलाउने र सास फेर्न असहज हुने समस्यासमेत देखिन थालिएको छ ।

बढ्दो वायु प्रदूषणको मुख्य कारण वर्षा नहुनु पनि हो । यसैगरी देशभरका विभिन्न वनमा यो समयमा डढेलो लाग्ने गर्छ । सर्वसाधारणले खेतीयोग्य जमिनमा जमेका झारपात जम्मा गरी आगो लगाउने कामसमेत यही बेला गर्छ । यसकारण पनि हावा हानिकारक बन्ने गर्छ । यसैगरी सवारीसाधनको अत्यधिक चाप, विभिन्न कारण धूलो उड्नुलगायत पनि वायु प्रदूषणका कारण हुन् । प्रदूषित हावाले बढीजसो बालबालिका, ज्येष्ठ नागरिक तथा दम वा मुटुसम्बन्धी रोग भएका व्यक्तिका लागि निकै जोखिम हुन सक्छ ।

यस्तो अवस्थामा सावधानी अपनाउन विगत वर्षहरुमा सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अपिल गथ्र्यो । यसपटक सरकार चुनाव गरेसँगै ‘होलिडे मुड’मा देखिन्छ । अहिले सरकारको नेतृत्वमा रहेकाहरु अब चाँडै नै बिदाइमा निस्कने तयारीमासमेत देखिन्छ । यसरी सरकार बिदामा बस्नु नागरिकको स्वास्थ्यप्रति सचेत नहुनु हो ।  स्वास्थ्यप्रति सुसूचित हुन पाउनु नागरिकको मौलिक हक हो । अहिलेको अवस्था आउनुमा सरकारको पूर्वतयारी नहुनु पहिलो कमजोरी हो नै । यद्यपि, यसखाले हानिकारक हावाबाट बच्न विभिन्न सावधानी अपनाउन सकिन्छ । बाहिर निस्कँदा मास्क र चश्माको प्रयोग गर्ने, सकेसम्म घरबाट बाहिर ननिस्कनेजस्ता सावधानी अपनाउन पनि सकिन्छ । 

Hardik health

यसका लागि सरकारले सञ्चारमाध्यम र विभिन्न माध्यममार्फत यसखाले सूचना सर्वसाधारणमा प्रवाह गर्न सक्नुपर्छ । यसले एक त राज्यलाई हुनसक्ने ठूलो नोक्सानीबाट बचाउँछ भने नागरिक पनि पीडामा बस्नु पर्दैन । योसँगै सरकारले डढेलो लगाउने कार्यलाई निरुत्साहित बनाउने काममा पनि लाग्नुपर्छ । पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग, विद्युतीय सामानहरुको प्रयोग सर्वसुलभ हुँदै आएको छ । सर्वसाधारणलाई यस विषयमासमेत सचेत पार्दै यसखाले वायु प्रदूषण नियन्त्रणका लागि भावी सरकारले समेत योजना बनाउनुपर्छ । 
 


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म
विद्रोहको खरानीमा लोकतन्त्रको पुनर्जन्म शुक्रबार, फागुन २२, २०८२
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ
निर्वाचनमा सुरक्षा सतर्कता बढाऊ बुधबार, फागुन २०, २०८२
मौन अवधिमा चनाखो बनोस् आयोग 
मौन अवधिमा चनाखो बनोस् आयोग  मंगलबार, फागुन १९, २०८२
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP