Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु
युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १, २०७७
telephone contacy
Hardik health
दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ । इजरायलले पश्चिम किनाराको केही भूभाग इजरायलमा गाभ्ने निर्णय हाललाई स्थगित गर्नेगरी संयुक्तराज्य अमेरिकाले मध्यस्थता गरेसँगै दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । पश्चिम किनारा र गाजापट्टिलाई समेटेर स्वतन्त्र प्यालेस्टिनी मुलुक निर्माण गर्ने अभियान वर्षौंदेखि जारी छ । एसोसिएटेड प्रेसका जेरुसलेम र दुबईमा रहेका पत्रकारहरूबीच टेलिफोनमा स्थानीय समय अनुसार अपराह्न १.१५ बजे कुराकानी भएको थियो । एक घण्टापछि युएईका अधिकारीहरूले विदेश मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले उनका इजरायली समकक्षी गाबी आश्केनाजीबीच टेलिफोनमा संवाद भएको जानकारी दिएका थिए । इजरायली संचारमन्त्री योआज हान्डेलले एक विज्ञप्ति प्रकाशन गरी टेलिफोन सेवा खुला गरेकामा संयुक्त अरब इमिरेट्सलाई बधाई दिएको छ । ‘धेरै आर्थिक अवसर अब खुला हुनेछन्, र यी विश्वास निर्माणका कदमहरू आ–आफ्ना मुलुकलाई अघि बढाउन महत्वपूर्ण पाइला हुनेछन् ।’ आइतबार नै इजरायली समाचार वेबसाइटहरू युएईमा खुला गरिएका छन् । युएईले आफ्नो मुलुकमा हेर्न नपाउने गरी रोकेका टाइम्स अफ इजरायल, जेरुसलेम पोस्ट र वाईनेट जस्ता वेबसाइटहरू निर्वाध रूपमा हेर्न पाउने गरी खुला गरिदिएको छ । टेलिफोन सेवा स्थापित हुनुलाई दुबै मुलुकबीच सम्पन्न सम्झौताको एक महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । इजरायल र संयुक्त अरब इमिरेट्सले गत बिहीबार पूर्ण कुटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक घोषणा गरेका थिए । अमेरिकी मध्यस्थतामा भएको उक्त सम्झौतालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त ऐतिहासिक सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा प्रमुख विदेश नीतिमा सफलता प्राप्त भएको रूपमा हेरिएको छ । यो सम्झौतापछि इजरायलसँग दौत्य सम्बन्ध भएका अरब मुलुकहरूको संख्या तीन पुगेको छ । यसअघि इजरायलको कुटनीतिक सम्बन्ध इजिप्ट र जोर्डानसँग मात्र थियो । नयाँ सम्झौतासँगै दुबै मुलुकबीच पर्यटन, प्रत्यक्ष हवाई उडान तथा राजदूतावासहरूको स्थापना हुनेछन् । आइतबार नै युएईको सरकारद्वारा संचालित वाम समाचार समितिले युएईको एउटा कम्पनीले कोरोनाभाइरस महामारीका विषयमा अनुसन्धान र अध्ययन गर्न एउटा इजरायली कम्पनीसँग सम्झौता भएको खबर प्रसार गरेको छ । युएई र इजरायलबीच भएको पछिल्लो सम्झौताप्रति कतिपय अरब विज्ञहरूले प्यालेस्टाइन राज्य स्थापना गर्ने विगतदेखिको प्रयासमा युएईले धोखा दिएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानमा उक्त सम्झौताको विरोध गर्दै सयौंले जुलुस निकालेका थिए । उक्त सम्झौताले क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा रहेको युएईसँग इरान र टर्कीलाई पनि चिढ्याएको छ । इरानका सैनिक प्रमुख मोहम्मद होसेन बाघेरीले युएईको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै अबुधाबीलाई आफ्नो कदम सच्याउन आग्रह गर्नु भएको छ । बाघेरीले पर्सियाली खाडी क्षेत्रमा कुनै सानोतिनो घटना भएपनि त्यसलाई इरानको सुरक्षा खतराका रूपमा लिइने बताउँदै यस्तो कदम युएईका कारण भएको ठहर गरी कुनै पनि कदम चाल्न सकिने बताएको छ । (रासस÷एपी)
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन सोमबार, चैत ९, २०८२
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी शुक्रबार, फागुन २९, २०८२
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च आइतबार, फागुन १७, २०८२
 नेपाल राष्ट्र बैंकले नौ अर्ब  लगानी गर्दै
 नेपाल राष्ट्र बैंकले नौ अर्ब लगानी गर्दै सोमबार, फागुन ४, २०८२
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण बिहीबार, माघ २९, २०८२
आभूषण व्यावसायिक सहायता कक्ष स्थापना
आभूषण व्यावसायिक सहायता कक्ष स्थापना मंगलबार, माघ २७, २०८२
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री बिहीबार, माघ २२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP