Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • श्रम अभियन्ता साम्पाङको संसद् यात्रा
श्रम अभियन्ता साम्पाङको संसद् यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२
  • पार्टी खोलेको तीन महिनामै प्रत्यक्ष निर्वाचनबाट तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित
  • सुनसरी-१ बाट ३५ हजार ७४१ मत ल्याएर साम्पाङ विजयी हुँदा उनको पार्टीबाट भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित 
  • इलाम-१, इलाम-२, पाँचथर, मोरङ-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निकटतम प्रतिद्वन्द्वी
  • समानुपातिकमा ‘थ्रेस होल्ड’ पार गर्दै थप चार सांसद जित्ने संकेत 

काठमाडौं- केही वर्षअघिसम्म धरानका सडकमा माइक बोकेर एक्लै कराउँदै हिँड्ने विद्रोही पात्र थिए- हर्क साम्पाङ । उनलाई हठी र ‘अराजक’ भन्दै मानिसहरू बेवास्ता गर्थे । आज त्यही व्यक्ति नेपालको संघीय संसद् (प्रतिनिधिसभा) पुगेका छन् ।

एक्लो आन्दोलनबाट सुरु भएको उनको राजनीतिक पाइला संसद्तिर सोझिएको छ । फागुन २१ को प्रतिनिधि निर्वाचनमार्फत विधायकका रूपमा कानुन बनाउने जिम्मेवारीतर्फको यात्रा उनले सुनिश्चित गरेका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै उनले संसद् यात्रा तय गरेका हुन् ।

साम्पाङको कथा भने राजनीतिबाट सुरु भएको होइन । २०६४ सालतिर उनले ‘मिसिङ हर्ट’ नामको एल्बम निकालेर कलाकार बन्ने प्रयास गरेका थिए । सांगीतिक क्षेत्रमा टिक्न सकेनन् । अहिले पनि कहिलेकाहीँ उनी गितार बजाउँदै गीत गाउँछन् । धरानस्थित श्रम संस्कृति पार्कमा दुई महिनाअघिसम्म उनकै गीत बज्थ्यो ।

यसले पनि उनी एकबेला सांगीतिक क्षेत्रमा हाम्फालेका पात्र हुन् भन्ने देखाउँछ । उसो त उनको जीवनले अनेक मोड लियो । कहिले धरानका भाषा केन्द्रमा अंग्रेजी भाषा पढाए । कहिले इराक र अफगानिस्तानतिर वैदेशिक रोजगारीमा गए । विदेशबाट फर्केपछि भने उनको स्वभाव झन् विद्रोही भयो । धरानमा व्याप्त भ्रष्टाचार, बेथिति र सरकारी बेवास्ताविरुद्ध उनी सडकमा एक्लै आन्दोलन गर्न थाले । हाते माइक बोकेर एक्लै भाषण छाँट्दै हिँडे । त्यहीबेला उनले आफ्नो उपनाम राखे- ‘क्रान्ति’ ।

Hardik health

‘पानी आन्दोलन’ले बनायो ‘जननेता’
पूर्वी सहर धरानमा दशकौंदेखि खानेपानी समस्या थियो । त्यसैलाई मुद्दा बनाएर साम्पाङले जनश्रमदान अभियान सुरु गरे । उनले सर्वसाधारणलाई आह्वान गरे, ‘सरकारले गरेन भने हामी आफैं गर्छौं ।’ उनलाई साथ दिन धराने जनता तयार भए ।

त्यहीबीच २०७९ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचनमा उनले धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवार बनेका उनको प्रचारप्रसार टोली थिएन । एक्लै आफ्नो प्रचार गरेका उनको मूल एजेण्डा नै खानेपानी थियो । अन्ततः कांग्रेस, एमालेलगायत दलहरूलाई चकित पार्दै प्रमुख पदमा निर्वाचित भए ।

नगरप्रमुख भएपछि उनी खानेपानी समस्या समाधानमै तीन वर्ष केन्द्रित भए । शनिबारलाई श्रमबार भन्दै श्रमदान अभियान चलाए । उनलाई धराने जनताले बलियो साथ दिए । ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याए । त्यस क्रममा आफैं पाइप तान्न पुगे । पाइपभरी पानी धरानमा झरेपछि हर्षले हर्क रोए । मुख्य बजार क्षेत्र, बाँझो गरालगायत पानीको हाहाकार भएको क्षेत्रमा अहिले पानी पर्याप्त छ । भनिन्छ, दैनिक करिब १०-११ लाख लिटर पानी धरान ल्याइएको छ । यही अभियानले उनलाई एकैपटक राष्ट्रिय चर्चामा ल्यायो ।

संसद्तिर पाइला 
साम्पाङको सामाजिक सञ्जालमा १३ लाख ‘फलोअर्स’ छन् । त्यो उनको बलियो हतियार हो । त्यहीँबाट उनले अभिव्यक्ति दिन्छन्, आलोचना गर्छन् र आफ्ना अभियान प्रचार गर्छन् । नेपाली कांग्रेस, नेकपा एमालेदेखि नयाँ शक्तिसमेत उनको आलोचनाबाट जोगिएका छैनन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेतामाथि पनि उनी खुलेर टिप्पणी गर्दै आएका छन् । उनै साम्पाङले तीन महिनाअघि धरानको प्रमुख हुँदै प्रतिनिधिसभा सदस्य हुन चाहे । त्यसका लागि श्रम संस्कृति पार्टी दर्ता गरे । दलको अध्यक्ष भए । यही २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा त सुनसरी-१ बाट ३५ हजार ७४१ मत ल्याएर साम्पाङ निर्वाचित भए । 

उनको पार्टीबाट भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई निर्वाचित भए । इलाम-१, इलाम-२, पाँचथर, मोरङ-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निकटतम प्रतिद्वन्द्वी भए । देशको पूर्वी क्षेत्रका जिल्लाहरूमा यसपटक साम्पाङको दलका उम्मेदवारहरूले तहल्का मच्चाए । समानुपातिकतर्फ मतगणना जारी रहँदा तीन प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गरिसकेको स्थिति छ । अन्तिम मतपरिणाम आउँदासम्म यो कायम राखे उनको दलले थप चार सिट जित्ने देखिन्छ । साम्पाङको श्रम संस्कृति पार्टी पहिलो प्रयासमै सात सांसदसहित प्रतिनिधिसभामा उपस्थित हुने भएको हो ।

संसद्मा ‘हर्कवाद’
४३ वर्षीय साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको राजनीतिक विचारधारा ‘हर्कवाद’मा आधारित छ । हर्कवाद प्रकृति, संस्कृति र प्रविधिमा आधारित मौलिक राजनीतिक दर्शन भएको साम्पाङ बताउँछन् । सोही विचारधारा अंगीकार गरेका हर्क र उनका दल सांसदहरू अब प्रतिनिधिसभामा प्रवेश गर्दै छन् । यद्यपि, हर्कको राजनीतिक शैली सधैं विद्रोही, ठाडो र कहिलेकाहीँ विवादास्पद मानिन्छ । त्यसैले आम जिज्ञासा छ- धरानका सडकमा देखिएको विद्रोही आवाज अब प्रतिनिधिसभामा कत्तिको गर्जिने छ ? 

कतिपयले उनलाई ‘सशक्त प्रतिपक्षीय नेता’ हुने आकलन गरिरहेका छन् । २०६४ यताका संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापा, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र पछिल्ला संसद्हरूमा सोही पार्टीका नेता प्रेम सुवाललाई प्रभावशाली प्रतिपक्षी नेताका रूपमा हेरिन्थ्यो । अबको संसद्मा साम्पाङलाई त्यही नेताहरूको कोटीमा देख्न पाइने आशा जनतामा देखिन्छ ।

 


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP