Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट
संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

 

हामी हाम्रो वर्गबाट टाढा हुँदै गयौं, त्यो ठूलो भूल हो । यसलाई नसच्याउने हो भने हामी पनि पश्चिम बंगालमा जस्तो पतनको दिशामा जान्छौं ।
झलनाथ खनाल
नेता, नेकपा

संसद्मा कम्युनिस्टको उपस्थिति

  • २०१५ मा १०५ मध्ये चार सांसद 
  • २०४८ मा २०५ मध्ये ८१
  • २०५१ मा २०५ मध्ये ९२
  • २०६४ मा ६०१ मध्ये ३७० (बहुमत)
  • २०७० मा ६०१ मध्ये २८२ (बहुमत)
  • २०७४ मा २७५ मध्ये १७६ (बहुमत)
  • २०७९ मा २७५ मध्ये ११२ (अल्पमत)
  • २०८२ मा प्रत्यक्षतर्फ १६५ मध्ये १५ सिट (थप एक स्थानमा अग्रता)

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी संसद्मा गैरकम्युनिस्ट दलहरूले स्पष्ट वर्चश्व जमाउने देखाएको छ । वि.सं. २०६४ यताका हरेक संसद्मा बहुमतमा रहने कम्युनिस्ट दलहरू यसपटक अल्पमतमा पुग्ने देखिएको छ ।

Hardik health

निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म १६१ क्षेत्रको अन्तिम परिणाम आएको छ । सर्वाधिक १२४ सिटमा गैरकम्युनिस्ट दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेको छ । अन्तिम परिणाम आउन थप एक क्षेत्रमा पनि रास्वपाको अग्रता छ । गैरकम्युनिस्ट दल रास्वपाले अभूतपूर्व रूपमा विजयी हासिल गर्दै दुईतिहाइको एकल सरकार गठन गर्ने स्पष्ट जनादेश प्राप्त गरेको छ । 

आफ्नो आधारभूत वर्गसँगको साइनो नै टुट्दै गएपछि कम्युनिस्टहरूको हालत कमजोर हुँदै छ । मध्यम र पुँजीपति वर्गसँग साँठगाँठ भएपछि हुने यस्तै हो ।
भीम भुर्तेल
राजनीतिक विश्लेषक

प्रत्यक्षतर्फको १६५ मध्ये १२४ सिट जित्नु र एक सिट पनि जित्ने निश्चितजस्तै अवस्था रहनुले स्वाभाविकरूपमा कम्युनिस्टहरू निकै कमजोर अवस्थामा पुगेको देखाउँछ । अर्को गैरकम्युनिस्ट दल नेपाली कांग्रेसले १७ सिट जितेको छ र एक सिटमा अग्रता लिइरहेको अवस्था छ । श्रम संस्कृति पार्टीले तीन सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक सिट जित्दा र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि विजयी भएका छन् । यो समाचार तयार पार्दासम्म सार्वजनिक भएको अन्तिम मत परिणामकै आधार मान्दा पनि गैरकम्युनिस्ट शक्तिहरू रास्वपा, कांग्रेस, श्रम संंस्कृति र स्वतन्त्र गरी १४६ सिट जितेका छन् । दुई कम्युनिस्ट दल नेकपा एमालेले आठ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात सिट जितेका छन् । भलै एमाले र नेकपा एक–एक सिटमा अगाडि छन् । यी सबै जिते भने पनि १७ सिट प्रत्यक्षमा हुन्छ । यो सिट संख्याले आगामी संसद्मा गैरवामपन्थीहरूको वर्चश्व हुने देखाउँछ । 

पहिलो संविधानसभा २०६४ मा ६०१ सदस्यमध्ये ३७० जना कम्युनिस्ट सभासद थिए । त्यसबेला तत्कालीन नेकपा माओवादीकोमात्रै २२९ सिट र एमालेको १०८ सिट थियो । नेकपा माले, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत, नेपाल मजदुर किसान पार्टी, नेकपा संयुक्तलगयात दलका गरी ३३ सिट थियो । गैरकम्युनिस्टका २३१ जना सभासद थिए । वि.सं. २०७० को दोस्रो संविधानसभामा पनि कम्युनिस्ट पार्टीहरूको वर्चश्व थियो । त्यसबेला ६०१ सभासदमध्ये २८२ जना कम्युनिस्ट सभासद थिए । एमालेको १८४, माओवादीको ८३ सिट छँदा अन्य साना कम्युनिस्ट दलहरूको सिट १५ थियो । २०७४ को प्रतिनिधिसभामा त एमाले र माओवादीको सिट संख्या दुईतिहाइ नजिक थियो । एमालेको १२१ र माओवादीको ५३ सिटमा जनमोर्चा र नेमकिपाको गरी दुई सिट जोड्दा १७६ सिट कम्युनिस्टहरूको थियो । 

२०७९ को निर्वाचनमा पनि कम्युनिस्टहरू अल्पमतमा परेका थिए । एमालेको ७८ र माओवादीको ३२, नेकपा एकीकृत समाजवादीको १०, जनमोर्चासँगै नेमकिपाको गरी दुई जोड्दा १२२ सांसद थिए । यसपटक भने कम्युनिस्टहरूको बिजोक देखिएको छ । राजनीतिक विश्लेषक भीम भुर्तेल कम्युनिस्टहरू अल्पमतमा पर्दैै जानु उनीहरूले आफ्नो वर्ग नै भुल्दै जानुको परिणाम हो । श्रमजीवी, मजदुर र किसान वर्गसँग कम्युनिस्ट पार्टीहरूको सम्बन्ध टुटेकाले नेपालका कम्युनिस्टहरू विस्तारै अस्तित्व संकटको दिशामा अघि बढेको उनको विश्लेषण छ ।

‘आफ्नो आधारभूत वर्गसँगको साइनो नै टुट्दै गएपछि कम्युनिस्टहरूको हालत कमजोर हुँदै छ,’ उनी भन्छन्, ‘मध्यम र पुँजीपति वर्गसँग साँठगाँठ भएपछि हुने यस्तै हो ।’नेपालको पहिलो संसद् २०१५ मा १०५ सांसदमध्ये चार जना कम्युनिस्ट थिए । २०४८ मा २०५ सदस्यीय प्रतिनिधिसभा छँदा एमालेको ६८, संयुक्त जनमोर्चा नेपालको नौ, नेकपा संयुक्त र नेमकिपाको दुई/दुई गरी कूल ८१ जना सांसद थिए । यो प्रतिनिधित्व तुलनात्मकरुपमा बढ्दो हो । २०५१ मा त संसद्मा पहिलोपटक कम्युनिस्ट पार्टी एमाले पहिलो भएको थियो । एमालेको ८८ जना सांसद हुँदा नेमकिपाको चार जोड्दा ९२ जना थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको ७१, राष्ट्रिय जनमोर्चाको पाँच, संयुक्त जनमोर्चा नेपालको एक र नेपाल मजदुर किसान पार्टीको तीन गरी ८० जना सांसद थिए । तर, २०६४ यता कम्युनिस्टहरूको संसद्मा वर्चश्व हुने गरेको थियो । यसपटक भने वर्चश्व गुमेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल पनि कम्युनिस्टहरू विस्तारै आफ्नो वर्गबाट अलग हुँदै गएको र त्यसकै परिणति अहिलेको निर्वाचन परिणाम भएको बताउँछन् । उनले भने, ‘हामी हाम्रो वर्गबाट टाढा हुँदै गयौं, त्यो ठूलो भूल हो । यसलाई नसच्याउने हो भने हामी पनि पश्चिम बंगालमा जस्तो पतनको दिशामा जान्छौं ।’ पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेपालमा कम्युनिस्ट पार्टीका संस्थापकहरू हुन् । निरंकुश राणाकाल छँदा स्थापित पार्टीले श्रमजीवी, मजदुर र किसान वर्गको हित गर्ने लक्ष्य राखेको थियो । देशलाई समाजवादीको दिशामा लाने मार्गचित्र कोरेका थिए । तर, २०१५ यताको संसद्मा क्रमशः प्रतिनिधित्वको आकार बढ्दै गयो, सरकार पनि कम्युनिस्टहरूले २०५१ यता पटक–पटक गठन गरे । मनमोहन अधिकारी, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत प्रधानमन्त्री बने । सत्तामा पुगेन पनि आधारभूत वर्गको सेवा नगर्दै सत्ता र शक्तिको खेलमा रमाउँदै जाँदा अन्ततः कम्युनिस्ट पार्टीहरू जनअनुुमोदित हुन क्रमशः असफल हुँदै स्पष्ट अल्पमतको दिशामा अघि बढेका छन् ।


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP