Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मौन अवधिमा चनाखो बनोस् आयोग 
मौन अवधिमा चनाखो बनोस् आयोग 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १९, २०८२

चुनावी चटारो अब लगभग सकिएको छ । उम्मेदवारहरुले आजबाट मत माग्न पाउने छैनन् । आचारसंहिता लागेसँगै तडकभडकपूर्ण प्रचार पनि अब बन्द हुने छन् । गएराति १२ बजेदेखि ४८ घण्टालाई निर्वाचन आयोगले मौन अवधि तोकेको छ । यो अवधिमा सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उम्मेदवारको पक्षमा मत प्रभावित हुनेगरी कुनै किसिमको गतिविधि गर्न रोक लगाइएको छ । सञ्चारमाध्यममा विज्ञापन गर्न रोक लगाउनुका साथै, भाषण, भेला, भोजभतेर, समीक्षा पनि गर्न पाउने छैनन् । 

यो अवधिलाई प्रभावित पार्ने गरी आर्थिक कारोबार गरिएको भेटिए उम्मेदवारी खारेजीदेखि छ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने नियम पनि छ । निर्वाचन आयोगले आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाउने दाबी पनि गरेको छ । खासमा मौन अवधि एक किसिमको कोलाहलबाट ‘ब्रेक’ लिनु पनि हो । यसले मतदाता, उम्मेदवारलाई पनि ‘रिफ्रेस’ गराउने अवसर दिन्छ । झण्डै एक महिने प्रचारबाट कार्याकर्ताले पनि छुट्टी पाउँछन् । मतदाताले उक्त अवधिमा कसलाई मत दिने भन्ने सोच्ने अवसर पाउँछ । 

यही मौका छोपी मत प्रभावित पार्न उम्मेदवारहरुले आफ्नो जुक्तिसमेत लगाउने गर्छन् । यस्तो बेला नगद बाँड्ने, मत प्रभावित पार्न सक्ने मतदातालाई विभिन्न सेवासुविधादेखि भौतिक सम्पत्तिको लोभ देखाउने कार्य हुनसक्छ । यसरी नै मौन अवधिमै सबैभन्दा धेरै मतदाता प्रभावित हुने गतिविधि हुने गर्छन् । मतदातालाई प्रभावित पार्न यातायातको प्रबन्ध गर्ने, मतदातास्थलसम्म पुर्‍याउने, मतदानको अघिल्लो दिन र मतदानको दिन मतदान केन्द्र वरपर भोजभतेर गराउनेजस्ता क्रियकलाप हुन्छन् ।

Hardik health

यो अवधिमा मतदातालाई विभिन्न किसिमले प्रलोभनमा पार्ने कामसमेत उम्मेदवार तथा राजनीतिक दलले गर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा निर्वाचन आयोगले नियमन गर्न सक्ने अवस्था पनि देखिँदैन । आयोगको आफ्नै सीमितता, स्रोतसाधनको अभावले आचारसंहिता पालना गराउन निकै मुस्किल हुने पनि देखिन्छ । यस्तो अवस्थामा एक त आयोगले पनि नियमन बढाउने र नागरिकले पनि यस्तो गतिविधि देखेमा स्वतन्त्र तवरले खबरदारी गर्न सकिन्छ । यो बेला प्रतिस्पर्धी उम्मेदवारलाई आरोप लगाउनका लागि पनि विपक्षी उम्मेदवारले विभिन्न अफवाह फैलाउन सक्छन् ।

यो विषयमा पनि आयोगले विशेष सावधानी अपनाउनुपर्छ । अफवाह, आरोपका कारण कतिपय स्थानमा निर्वाचन भाँडिन सक्ने सम्भावना उत्तिकै हुन्छ । त्यसैले यी विषयमा सचेत बनेर आयोग, सुरक्षा निकायले विशेष रणनीति बनाउनुपर्छ र निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन आचारसंहिता कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ । 


प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP