Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकमा चुनावी सरगर्मी बढेको छ । लोकतन्त्रको प्राण मानिने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु राज्यका हरेक अंगको दायित्व हो । तर, यसपटकको निर्वाचनमा भौतिक सुरक्षाभन्दा पनि ‘डिजिटल सुरक्षा’ र ‘मिथ्या सूचना’ ठूलो चुनौतीका रूपमा देखापरेका छन् । दुर्भाग्यवश, यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएका निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको भूमिका भने निकै फितलो देखिएको छ ।

आजको डिजिटल युगमा सामाजिक सञ्जाल चुनावी प्रचारको मुख्य थलो बनेका छन् । तर, यही माध्यमबाट फैलाइने भ्रामक समाचार, ‘डिपफेक’ भिडियो र नियोजित दुष्प्रचारले मतदाताको निर्णयलाई प्रभावित पार्नेमात्र होइन, सामाजिक सद्भावसमेत बिथोल्ने जोखिम बढाएको छ । यस्तो संवेदनशील समयमा निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ प्रभावकारी कार्यान्वयन नहुनु चिन्ताको विषय हो । आयोगको संयन्त्र अनलाइनमा फैलिएका मिथ्या सूचनाको बाढी रोक्न प्रभावकारी देखिएको छैन । कारबाहीको नाममा केही स्पष्टीकरण सोध्नेबाहेक ठोस कानुनी कदम चाल्न नसक्नुले आयोगको लाचारी प्रस्ट पार्छ ।

अर्कोतर्फ, सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालको अवस्था पनि उस्तै छ । कतिपय अनलाइन पोर्टलहरू नै दलीय प्रचारको औजार बनेर भ्रामक शीर्षक र अपुष्ट समाचार सम्प्रेषण गरिरहेका छन् । तर, काउन्सिलले यस्ता सामग्रीको गम्भीर अनुगमन गरी कडा कारबाही गर्नुको सट्टा केवल औपचारिक विज्ञप्ति जारी गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु विडम्बनापूर्ण छ । प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रश्रय दिँदा अन्ततः पत्रकारिताकै विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

Hardik health

मिथ्या सूचना नियन्त्रण गर्न केवल प्राविधिक संयन्त्र भएर पुग्दैन, दृढ इच्छाशक्ति र तत्काल ‘एक्सन’ लिने साहस चाहिन्छ । आयोग र काउन्सिलले सामाजिक सञ्जालका कम्पनीहरूसँगको समन्वयलाई तीव्र बनाउनुपर्छ र आचारसंहिता उल्लंघन गर्नेलाई कडा दण्डको दायरामा ल्याउनुपर्छ । अन्यथा, प्रविधिको आडमा हुने यस्ता ‘डिजिटल चलखेल’ले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउने निश्चित छ ।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई प्रचारप्रसारका लागि प्रदान गरेको समय भोलिसम्ममात्रै हो । मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि मौनअवधि सुरु हुन्छ । मौन अवधिमा पनि कडाइ नगरिए मिथ्या सूचनाको बाढी रोकिने छाँट देखिँदैन । यसतर्फ आयोग सतर्क बन्नुपर्छ । मौन अवधिमा निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममार्फत हुने प्रचारप्रसार र मिथ्या सूचना रोक्न अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन जरुरी छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP