Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • बाल यौन दुराचार मुद्दामा सर्वाेच्चकाे नयाँ नजिर
बाल यौन दुराचार मुद्दामा सर्वाेच्चकाे नयाँ नजिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १३, २०८२

काठमाडौं -  सर्वोच्च अदालतले बालबालिका संलग्न जबरजस्ती करणी (बाल यौन दुराचार) मुद्दामा नयाँ नजिर स्थापित गरेको छ । ‘अपराध गर्ने व्यक्ति /पीडक नाबालक नै भए पनि उसले अपराधबाट पीडितलाई तिर्नुपर्ने क्षतिपूर्तिबाट उन्मुक्ति नपाउने’ फैसला सर्वोच्चले सुनाएको हाे ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले जबरजस्ती करणी सम्बन्धी एक मुद्दामा तल्लो अदालतका फैसलाहरूलाई उल्ट्याउँदै पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो । यस फैसलाले फौजदारी न्याय प्रणालीमा पीडकको उमेरभन्दा पीडितको न्याय र राहतलाई प्राथमिकता दिएको छ । सर्वाेच्च अदालतले फैसलाकाे पूर्णपाठ मंगलबार सार्वजनिक गरेकाे हाे ।

कपिलवस्तुमा २०७४ साल असार २३ गते १३ वर्ष ८ महिनाका एक बालकले ७ वर्षीया बालिकालाई ललाई-फकाई अप्राकृतिक मैथुन (मलद्वारमा करणी) गरेका थिए । उक्त बाल यौन दुराचार मुद्दामा कपिलवस्तु जिल्ला अदालत र उच्च अदालत तुलसीपुर (बुटवल इजलास) ले ती बालकलाई कसुरदार ठहर गर्दै बालबालिका सम्बन्धी ऐनअनुसार ६ महिना बाल सुधार गृहमा पठाउने फैसला गरेका थिए । तर, ती दुवै तल्लो अदालतले "प्रतिवादी नाबालक भएकोले उसले देवानी दायित्व (क्षतिपूर्ति) बहन गर्न नसक्ने" भन्दै पीडित बालिकालाई क्षतिपूर्ति भने नभराउने फैसला गरे । तल्लो अदालतको सोही 'क्षतिपूर्ति नभराउने' फैसलाविरुद्ध सरकारी वकील कार्यालय सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई "कानूनको अपव्याख्या" भन्दै बदर गरेको छ। सर्वोच्चले सो मुद्दामा मुख्य ४ वटा सैद्धान्तिक व्याख्या गरेको छ ।'बालबालिका सम्बन्धी ऐनले नाबालकलाई कैद (फौजदारी सजाय) मा उमेरका कारण छुट दिएको हो । तर, त्यो छुटको अर्थ पीडितलाई तिर्नुपर्ने क्षतिपूर्तिमा पनि छुट पाउनु होइन' अदालतले भनेको छ, "सजाय पीडकले पीडा दिएबापत पाउने दण्ड हो भने, क्षतिपूर्ति पीडितले भोगेको पीडाबापत पाउने राहत हो । यी दुई छुट्टाछुट्टै विषय हुन् ।"

Hardik health

सर्वोच्च अदालतले उक्त फैसला गर्दा यसअघि नेपाल सरकार विरुद्ध मुन्‍ना मिया अन्सारी भन्‍ने गुलाव मिया भएको नाबालकसँग अप्राकृतिक मैथुन (जबरजस्ती करणी) मुद्धाको नजिरलाई आधार बनाएको छ । सो मुद्दामा अदालतले फैसला गर्दा भनेको छ- “क्षतिपूर्ति सम्बन्धी कानूनी व्यवस्था मानसिक, शारीरिक, भौतिक, सामाजिक रूपमा क्षति पुगेको व्यक्तिलाई त्यस्तो क्षतिको मूल्य बापत भराइदिने आर्थिक मूल्य (Financial Compensation) वा अन्य परिपूरण (Reparation) भराइ दिने व्यवस्था हो। कानूनले प्रष्टसँग पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था गरेको अवस्थामा प्रतिवादीहरू नाबालक भएको कारण यसबाट पीडित अर्को नाबालकलाई क्षतिपूर्ति नभराउने हो भने संविधानको धारा १८(१) मा उल्लिखित कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्‍चित गरिने छैन भन्‍ने समानताको हकसमेतको प्रतिकूल भई पीडितलाई अन्यायमाथि थप अन्यायको स्थिति पैदा हुन जाने। बालबालिका सम्बन्धी ऐन, २०४८ विशेष ऐन भई बालबालिकाले गरेको कसुरमा अन्य वयस्क उमेरका व्यक्तिले गरेको भन्दा सजायमा केही छुट प्रदान गरेको कुरालाई ऐनले क्षतिपूर्तिको दायित्वसमेत बेहोर्नु नपर्ने गरी छुट प्रदान गरेको भनी Absurd Interpretation गर्न मनासिब नहुने,ʺ  भनी व्याख्या भएको छ ।

अदालतले पीडितलाई राहत कोषको हकमा अन्याय गर्न निमल्ने ठहर गरेको छ । पीडितको संवैधानिक हक कुण्ठित गर्न नमिल्ने‍ ठहर गर्दै अदालते फैसलामा भनेकाे छ,'नेपालको संविधानको धारा २१(२) ले अपराध पीडितलाई'क्षतिपूर्तिसहितको न्याय पाउने हक' सुनिश्चित गरेको छ। यदि पीडक नाबालक भएकै कारण क्षतिपूर्ति नदिने हो भने पीडित बालिकामाथि "अन्यायमाथि थप अन्याय" हुने र संविधानले दिएको समानताको हकसमेत हनन हुन्छ ।'

अदालतले फैसलामा भनेको छ-'प्रतिवादी नाबालक भएकै कारण निजबाट क्षतिपूर्ति भराउनु नपर्ने भन्‍ने कुनै कानूनी व्यवस्था नरहेको सन्दर्भमा प्रस्तुत मुद्दाका प्रतिवादीहरूबाट नाबालक वर्ष ७ का पीडितलाई क्षतिपूर्ति भराउन नपर्ने गरी निर्णय गर्दा पीडितको प्रतिवादीबाट मनासिब माफिकको क्षतिपूर्ति पाउने जबरजस्ती करणीको महलको ९(क) को कानूनी व्यवस्थाको समेत अप-व्याख्या भई पीडिले कानून बमोजिमको मनासिब माफिकको क्षतिपूर्ति पाउने अधिकारबाट वञ्‍चित हुन जाने देखिन्छ।'

साथै अदालतले कानुनले दिएको सुविधामा अपव्याख्या गर्न नमिल्ने भन्दै फैसलामा भनेको छ- 'कसैलाई कुनै पनि कानूनद्धारा प्राप्त सुबिधालाई अप-व्याख्या गरी बञ्‍चित गर्ने अधिकार कसैलाई हुँदैन। कानूनद्धारा प्राप्त सुबिधालाई बञ्‍चित गर्ने अधिकार पनि कानूनले नै गर्नु पर्दछ। बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ मा बालबालिकाको आपराधिक दायित्व अन्तर्गत बालबालिकालाई अन्य व्यक्तिभन्दा उमेरको आधारमा सजायमा केही छुटसम्म प्रदान गरेको देखिन्छ। सो सजायमा भएको छुट पीडित बालबालिकाले प्राप्त गर्ने क्षतिपूर्तिमा छुट हो भन्‍न सकिदैन ।'

नाबालक भएको भनी छुट दिदाँ आउँदा दिनमा दण्डहीनता बढ्ने ठहर अदालतले गरेको छ । यदि नाबालकले अपराध गर्दा क्षतिपूर्ति तिर्नु पर्दैन भन्ने व्याख्या गर्दै जाने हो भने समाजमा विकृति आउने र दण्डहीनतालाई प्रोत्साहन मिल्ने भन्दै सर्वोच्चले सचेत गराएको छ ।त्यस्तै सर्वोच्चले व्याख्या गर्दै भनेको छ– असक्षम वा बालबालिकाहरूको अन्तिम संरक्षक भनेको राज्य नै हो (Parens Patriae) को सिद्धान्त स्थापित गरेको छ । त्यसैले पीडक नाबालकले क्षतिपूर्ति तिर्न नसकेमा त्यो दायित्व राज्यले लिनुपर्छ, तर पीडितलाई रित्तो हात फर्काउन मिल्दैन भनेकाे छ ।

क्षतिपूर्ति असुल गर्नका लागि सर्वोच्चले तीन वटा विकल्प दिएको छ । सर्वोच्च अदालतले पीडित बालिकालाई पचास हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गर्दै उक्त रकम कसरी असुल गर्ने  पहिलो विकल्पमा प्रतिवादी (पीडक बालक) को नाममा कुनै सम्पत्ति भए त्यही सम्पत्तिबाट भराउन सकिने भनेको छ । दोस्रो विकल्पमा बालकको आफ्नो नाममा सम्पत्ति नभएमा निजका आमाबुबाको नाममा रहेको सम्पत्तिबाट बालकले पाउने अंश भाग बाट असुल गरी भराउन भनेकाे छ । तेस्रो विकल्पमा माथिका दुवै अवस्थाबाट क्षतिपूर्ति असुल हुन नसकेमा, कानूनबमोजिम खडा भएको 'पीडित राहत कोष' (नेपाल सरकार) बाट उक्त ५० हजार रुपैयाँ पीडितलाई उपलब्ध गराउन भनेको छ ।


 


प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP