Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १२, २०८२

काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।

सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा निजी निर्णयका कारण स्वदेश फर्किन चाहँदा त्यसको सम्पूर्ण दोष परामर्शदातालाई थोपर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरेको छ।

संघका अनुसार पछिल्ला वर्षहरूमा संयुक्त अरब इमिरेट्स (UAE) नेपाली विद्यार्थीका लागि सर्वसुलभ, पहुँचयोग्य र उच्च सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै आएको र शैक्षिक परामर्शदाताहरूले विद्यार्थी र सम्बन्धित कलेजबीच समन्वय तथा सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको र प्रचलित नियमअनुसार निश्चित सेवा शुल्क लिने गरिएको इक्यानको भनाइ छ।

इक्यानले अध्ययन शुल्क भुक्तानी प्रक्रियामा नेपालको बैंकिङ प्रणाली अनिवार्य प्रयोग गर्दै राज्यलाई तीन प्रतिशत शिक्षा सेवा कर तिर्ने गरिएको स्पष्ट पारेको छ। तर, विद्यार्थीले अध्ययन सुरु गरिसकेपछि उत्पन्न हुने व्यक्तिगत जीवनशैली, आवास व्यवस्थापन, वैदेशिक रोजगारीको उपलब्धता वा अन्य निजी व्यवस्थापनसम्बन्धी विषयहरू परामर्शदाताको प्रत्यक्ष नियन्त्रण वा कानुनी क्षेत्राधिकारभित्र नपर्ने संघको जिकिर छ।

Ncell
Hardik health

विज्ञप्तिमा भनिएको छ, “यदि कन्सल्टेन्सीले भ्रामक सूचना दिएको, झुटा कागजात पेस गरेको वा सिफारिस गरेको कलेज भौतिक रूपमा अस्तित्वमा नरहेको प्रमाणित भएमा सम्बन्धित संस्थाले पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ र प्रचलित कानुनअनुसार कारबाही भोग्नुपर्छ। तर व्यक्तिगत कारणका आधारमा सम्पूर्ण दोष कन्सल्टेन्सीलाई थोपर्नु उचित होइन।”

संघले नेपाल सरकारको आधिकारिक संवैधानिक तथा प्रशासनिक संयन्त्रबाट उपयुक्तता परीक्षणपछि वैदेशिक अध्ययन अनुमति पत्र (NOC) स्वीकृत हुने प्रक्रियामा परामर्शदाताहरूले सहजीकरण मात्र गर्ने जनाएको छ। राज्यले नै वैध मानेको प्रक्रियामा सहभागी व्यवसायीहरूमाथि मात्रै एकलौटी रूपमा दोषारोपण गर्नु विद्यमान नियामक संरचना र सरकारी निर्णयमाथिकै अविश्वास भएको इक्यानको ठहर छ।

यसै सन्दर्भमा संघले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई कुनै दबाब वा पूर्वाग्रह बिना निष्पक्ष, तथ्यपरक र प्रमाणमा आधारित अनुसन्धान गर्न आग्रह गरेको छ।इक्यानले ग्लोबल एजुकेशन मोबिलिटीलाई विश्वका विकसित राष्ट्रहरूमा दीर्घकालदेखि स्थापित अभ्यासका रूपमा उल्लेख गर्दै नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यसलाई रणनीतिक तथा रूपान्तरणकारी अवसरका रूपमा लिनुपर्ने धारणा राखेको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादनका लागि पारदर्शी र उत्तरदायी ‘अब्रोड एजुकेशन इकोसिस्टम’ निर्माण अपरिहार्य रहेको संघको भनाइ छ।

संघका अनुसार उक्त इकोसिस्टमको सफलताका लागि सरकार, नियामक निकाय, शैक्षिक परामर्श संस्था, गन्तव्य देशका शैक्षिक संस्थान, विद्यार्थी र अभिभावकबीच समन्वित सहकार्य आवश्यक छ। यस प्रणालीलाई निरुत्साहित गर्नु भनेको देशलाई आधुनिक ज्ञान, प्रविधि र विश्वव्यापी अवसरबाट टाढा धकेल्नु हुने इक्यानको निष्कर्ष छ।

साथै, संघले सदस्य संस्थाहरूलाई विद्यार्थी तथा अभिभावकसँग गरिने हरेक संवादमा पूर्ण पारदर्शिता कायम गर्न निर्देशन दिएको जनाएको छ। कन्सल्टेन्सी र विद्यार्थीबीच हुने सहजीकरणलाई कानुनी रूपमा सुरक्षित र स्पष्ट बनाउन लिखित सेवा–सम्झौता अनिवार्य गरिएको तथा सेवा शुल्क संरचनालाई पारदर्शी र व्यवस्थित बनाउन स्पष्ट नीति कडाइका साथ लागू गरिएको इक्यानले जनाएको छ।


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल शुक्रबार, भदौ २६, २०८३
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास शुक्रबार, भदौ १९, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द बुधबार, भदौ १७, २०८३
प्राविधिक शिक्षाको २९ वर्षे यात्रामा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट
प्राविधिक शिक्षाको २९ वर्षे यात्रामा कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युट आइतबार, भदौ ७, २०८३
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित शुक्रबार, साउन २२, २०८३
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु
लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP