Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १२, २०८२
Hardik health

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्न अब मात्र नौ दिन बाँकी छ । तर अहिलेसम्म हिमाली जिल्लाका मतदाता गाउँ फर्किएका छैनन् । जाँडो छल्न बेँसी तथा काठमाडौंलगायत सहरमा झरेका हिमाली क्षेत्रका बासिन्दा चुनावसम्ममा पनि फर्किने अनिश्चित देखिएको छ । यहीबीच हालै परेको हिउँ जमेर अवरुद्ध बनेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो सोमबार बल्ल खुलाइएको छ । हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो । उक्त हिउँ पन्छाएर बाटो खुलाइएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार आसन्न निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले पाँच दिन खटिएर हिउँ पन्छाइएको छ ।

उनका अनुसार बाटो खुले पनि गाउँले गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौं, पोखरा, बेँसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको प्रजिअ पौड्यालले बताए । अहिले गाउँमा चौंरी गोठाला र केही ज्येष्ठ नागरिकमात्रै छन् । गाउँले नहुँदा आफूहरु पनि पनि जान सक्ने अवस्था नभएको प्रजिअ पौड्यालले सुनाए ।  नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले मतदातालाई गाउँ फर्काउन प्रयास भइरहेको जानकारी दिए । अधिकांश मतदाता काठमाडौंमै रहेकाले १४ देखि १७ गतेसम्ममा सबै मतदाता गाउँ फर्कन अनुरोध गरिएको उनले बताए । परिवारका एक जना सदस्य अनिवार्यरुपमा फर्कन सुझाव दिएको अध्यक्ष लामा बताउँछन् । यसरी हिमाली जिल्लामा फागुन २१ मै निर्वाचन सम्पन्न गर्न मौसम प्रमुख चुनौती बन्ने देखिएको छ । मौसमबाहेक मनाङमा अन्य चुनौती नरहेको प्रजिअ पौड्यालको भनाइ छ ।

नार्पाभूमि त उदाहरणमात्र हो । अन्य हिमाली जिल्लाको पनि अवस्था उही छ । त्यसो त हिमाली जिल्लाको यो समस्याबारे सरकार पूर्वजानकार नभएको हुँदै होइन । फागुन २१ मा निर्वाचन गर्न हिमाली जिल्लामा चुनौती हुने विषय विभिन्न क्षेत्रबाट उठेको पनि हो । तर, सरकारले यसलाई बेवास्ता गर्दै अगाडि बढ्यो । अहिले सरकारलाई जसरी पनि निर्वाचन गराउनु छ । यसरी निर्वाचन गरिरहँदा हिमाली जिल्लाका मतदाताको समस्यालाई बेवास्ता गर्नु सरकारको ठूलो गल्ती हो । अब मतदाता गाउँ नफर्किए के गर्ने भन्ने कुनै योजना छैन सरकारसँग । जबरजस्ती निर्वाचन गर्ने तर मतदाता नहुने हो भने निर्वाचनको के अर्थ ? महत्‍वपूर्ण सवाल, हिमाली जिल्लाका मतदातालाई मतदानबाट वञ्चित गराउनु भनेको उनीहरुको संवैधानिक अधिकार हनन गर्नु हो । त्यसैले उनीहरुलाई अनुकूल वातावरण बनाएर गाउँमा फर्काउने या जहाँ छ त्यहीँबाट मतदान गराउने व्यवस्था गरियोस् । उनीहरुलाई मतदान गरे आफ्नो प्रतिनिधि चुन्ने अवसरबाट वञ्चित नगरियोस् । 
 


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ मंगलबार, असार १६, २०८३
लोकप्रिय
  • Week
  • Month
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP