Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’
आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

भोजपुर -  भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पुर्‍याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम छ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।

यहाँका नौवटै वडामा एक/एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ्य इकाइ सञ्चालन गरी सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । 

उहाँका अनुसार नागरिकलाई आवश्यक परेको खण्डमा तत्कालै प्राथमिक स्वास्थ्यसेवा उपलब्ध गराउने, सामान्य औषधि वितरण गर्ने, प्राथमिक उपचार गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आवश्यक सल्लाह सुझावसहित रेफर गर्ने उद्देश्यले स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको हो ।

Hardik health

“भौगोलिक विकटताका कारण जनतालाई समयमै स्वास्थ्य सेवा लिन समस्या भइरहेको थियो,”अध्यक्ष बस्नेतले भने, “स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन हामीले छ वटा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सेवाको गुणस्तर र पहुँच दुवै विस्तार गर्ने योजना बनाएका छौँ ।” हाल भौगोलिक रूपमा विकट मानिएका वडा नं १ तिम्माको खम्बुखा, वडा नं २ का रुमला र वादुङ्ला, वडा नं ५ खावाको चोलन्ती तथा वडा नं ९ लेखर्कका वैराङ र काभ्रेमा स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन् । ती स्थानमा आधारभूत औषधि, प्राथमिक उपचार सेवा तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले दुर्गम भेगका स्थानीय सामान्य औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य इकाइ स्थापना गरिएको बताए । “मानिसको स्वास्थ्य नै धन हो,” उपाध्यक्ष राईले भने, “सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार हो । राज्यको सेवा नागरिकको घरदैलोमै पु¥याउने हाम्रो दायित्व हो ।”

उनका अनुसार स्वास्थ्य सचेतना अभिवृद्धि, नियमित खोप सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा सरसफाइसम्बन्धी जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गर्ने योजना रहेको छ । स्थानीयवासी गोरखबहादुर विष्टका अनुसार गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सिटामोल, जीवनजलजस्ता सामान्य औषधिका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

 “पहिले सामान्य ज्वरो आउँदा पनि स्वास्थ्यचौकी पुग्न आधा दिन लाग्थ्यो,” उनले भने, “अहिले गाउँमै उपचार पाउँदा निकै सहज भएको छ ।”स्वास्थ्य इकाइ स्थापनासँगै स्थानीयमा स्वास्थ्य सेवाप्रति विश्वास बढेको छ । आकस्मिक अवस्थामा तत्काल उपचार पाउने वातावरण बनेको स्थानीयले बताएका छन् ।  दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ । 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ११:१८
#टेम्केमैयुङ
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर
स्वास्थ्य बीमालाई मन्त्रालयबाट रकमान्तर शुक्रबार, फागुन ८, २०८२
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा बिहीबार, फागुन ७, २०८२
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण मंगलबार, फागुन ५, २०८२
कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना 
कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना  सोमबार, फागुन ४, २०८२
श्वासप्रश्वासका बिरामीलाई उपचारका  लागि ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा
श्वासप्रश्वासका बिरामीलाई उपचारका लागि ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा आइतबार, फागुन ३, २०८२
एम्बुलेन्सको भाडा बढेपछि स्थानीयको विरोध
एम्बुलेन्सको भाडा बढेपछि स्थानीयको विरोध आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP