Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

निर्वाचन नजिकिँदै गर्दा विभिन्न क्षेत्रमा समुदायबीच द्वेषपूर्ण घटना दोहोरिन थालेको छ । रौतहटमा हिन्दू-मुस्लिमबीच भएको दंगा शान्ति नहुँदै यस्तै किसिमको घटना आइतबार साँझ पर्साको वीरगञ्जमा भएको छ । वीरगञ्जको श्रीपुरमा हिन्दू र मुस्लिम समुदायबीच भएको विवाद साम्य पार्न प्रहरीले लाठीचार्ज गरिएसँगै सेना परिचालन गरिएको छ । रौतहटको गौरमा दंगा शान्त पार्न कफ्र्यु नै लगाउनुपरेको थियो ।

निर्वाचन भाँड्ने विभिन्न तŒवसमेत सक्रिय भएको भन्दै दलहरुसमेत चिन्तित सुनिएका छन् । दलहरुको झण्डा जलाइदिने, नयाँ र पुरानाको नाममा आपसी सद्भाव बिथोलिनेगरी दलका कार्यकर्ता प्रस्तुत हुनेजस्ता घटना दोहोरिएका छन् । घरदैलोको क्रममा कार्यकर्ताबीच झडप हुने घटना सामान्य हुन थालेका छन् । यी घटनाहरु निष्पक्ष र भयरहित निर्वाचनका लागि सुखद् विषय हैनन् । केही दिनअघि हिमाली क्षेत्रमा मौसमका कारण चुनाव सार्नुपर्ने चर्चा चलेको थियो । यद्यपि, सरकारले तोकिएकै मितिमा निर्वाचन हुने प्रतिबद्धता जनाएसँगै वातावरण सहज बन्दै गएको थियो । तर मधेसमा बढेको तनावले मतदाता पनि झस्किएका छन् । 

मतदाताहरु कार्यक्षेत्रबाट मतदानस्थल रहेको आफ्नो क्षेत्रमा जाने क्रम सुरु भइसकेको अवस्था छ । निर्वाचनका दिन मतदानका लागि देशभरबाट आफ्नो क्षेत्रमा आउजाउ गर्ने वातावरण नबने धेरै मतदाता बिच्किन सक्छन् । यसो हुँदा मतदानस्थलमा धेरै मतदाता नपुग्न सक्छन् । यसले एक त निर्वाचन सफल नहुन सक्छ, अर्को निर्वाचन भाँड्न सक्रिय तत्‍वहरुको मनोबल बढ्न सक्छ । पछिल्लो हप्ता सरकारले संयमता अपनाएको देखिन्छ । अबका दिनमा अझै पनि संयमता बढाएर सरकारले सुरक्षा बढाउनुपर्छ ।

Hardik health

उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षामा कुनै पनि अवस्थामा सरकार चुक्नु हुन्न । सानो घटनाले पनि अहिले भुसको आगोको रुप लिन सक्छ । किनभने पुराना दल अहिलेको अवस्थामा निर्वाचनमा भिड्न त्यति तयार देखिँदैन । जेन-जी विद्रोहपछि आएको बाध्यात्मक परिस्थितिका कारण एमाले, कांग्रेस निर्वाचनमा उत्रिएका हुन् । 

यस्तो अवस्थामा हुने दंगाजस्ता घटनाले यी दलका लागि ‘के निहुँ पाउँ, कनिका बुक्याउँ’ झैं हुने छ । त्यसैले सरकारले बोलीमा बोलेझैं सबै क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउनु आजको आवश्यकता हो । यसले फागुन २१ गतेको निर्वाचन भयरहित ढंगमा सम्पन्न गर्न सघाउ पुर्‍याउने छ । अर्कोतर्फ निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत दल र तिनका कार्यकताबाट भइरहेका अराजक गतिविधि नियन्त्रणका लागि थप कडाइ गर्न जरुरी छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ मंगलबार, असार १६, २०८३
लोकप्रिय
  • Week
  • Month
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP