Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । घरदैलो अभियानलाई तीव्रता दिइरहेका दलहरुले यसपटक युवा मतदातालाई केन्द्रमा राखेर घोषणापत्रमा आकर्षक कार्यक्रमहरु राखेको पाइएको छ । जेन-जी विद्रोहपछि फेरिएको मुलुकको राजनीतिक परिदृश्यलाई सम्बोधन गर्ने प्रयास दलका घोषणापत्रमा देखिन्छ ।
मुलुकमा रोजगारीको अवसर नपाएर विदेसिन बाध्य युवाहरुलाई आश्वास्त पार्न मुलुकमै रोजगारीको अवसरदेखि विदेशमा रहेकालाई विभिन्न सुविधाबाट लोभ्याउने होडमा नयाँ तथा पुराना दलहरु लागेका छन् । चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरेका दलहरुले यस क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधान गर्ने वाचा गरेका छन् ।  

केही वर्षअघि सरकारको नीतिमै भएको ‘फ्रि-भिसा, फ्रि-टिकेट’ कार्यान्वयन गर्ने विषय बोल्दा नेताहरु ‘ट्रोल’ बन्नुपर्ने अवस्था थियो । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछौं भन्दा आलोचित हुनुपथ्र्यो । अहिले आइपुग्दा वैदेशिक रोजगारविना मुलुकको अर्थतन्त्र समस्याग्रस्त हुने यथार्थलाई राजनीतिक दलले स्वीकार गरेको देखिएको छ ।हाल ४० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताउँदै आएको छ । उनीहरुले वार्षिक १७ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) पठाउने गरेका छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको रेमिट्यान्स भित्र्याउने र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न भूमिका खेलेको वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै आन्तरिक रोजगारी सिर्जनातर्फ उन्मुख हुने संकल्प दलका घोषणापत्रमा गरिएको छ । 

नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा विदेशमा बस्ने नेपालीको ज्ञान, सीप र योगदान मातृभूमिमा जोड्ने प्रतिबद्धता जनाएको छ । विदेशमा रहेकालाई लक्षित गर्दै ‘फर्कन मन लाग्ने र सुनौलो अवसर देखिने देश’ बनाउने भनिएको छ । एमालेले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि ‘बोनस’मार्फत आकर्षित गर्ने प्रयास गरेको छ । उसको चुनावी घोषणापत्रमा विप्रेषण पठाउने श्रमिकको बैंक खातामा वार्षिक पाँच हजार रुपैयाँ थप बोनस जम्मा गरिदिने आकर्षक कार्यक्रम ल्याएको हो । नेपाली कम्युनिस्ट पार्टीले रेमिट्यान्सको सही सदुपयोग, रिटर्नीको व्यवस्थापनदेखि रोजगारीमा जाने श्रमिकमाथि हुने शोषणको अन्त्यसम्मका योजना प्रतिबद्धतापत्रमा समेटेको छ । वैदेशिक रोजगारीमा जाने नागरिकहरुको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरुलाई पारदर्शी, नियमसंगत र पूर्ण जवाफदेही बनाउने उद्घोष रास्वपाले गरेको छ । रोजगारीमा पठाउँदा ठगी, अत्यधिक शुल्क अशुली र झूटा करार गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्ने भनिएको छ ।

Hardik health

दलहरुका यी प्रतिबद्धता खासै नयाँ होइनन् । मुलुकमै रोजगारी वा अन्य पेसा व्यवसाय गरेर यहीँ अडिने वातावरण मुख्य आवश्यकता हो । तर, राजनीतिक अस्थिरताका कारण नै यस्तो वातावरण बन्न सकिरहेको छैन । अब दलहरुको ध्यान यस्ता वाचा पूरा गर्नका लागि राजनीतिक स्थिरतातर्फ मुलुकलाई अगाडि बढाउनेमा ध्यान जाओस् । यसका लागि यसपटक मतदाता पनि सचेत भएर मतदान गर्न जरुरी छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ मंगलबार, असार १६, २०८३
लोकप्रिय
  • Week
  • Month
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP