Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

प्रतिनिधिसभा निर्वाचन आउन अब मात्र १३ दिन बाँकी छ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने निर्वाचनको अन्य तयारीसँगै मतदाता शिक्षालाई पनि प्राथमिकता दिएर सञ्चालन गरिरहेको छ । फागुन ३ गतेदेखि देशभर सुरु गरिएको मतदाता शिक्षा विशेष कार्यक्रम फागुन १७ गतेसम्म चल्ने आयोगको भनाइ छ । आयोगसँगै राजनीतिक दलहरुले पनि आ–आफ्नो तरिकाले मतदातालाई निर्वाचनबारे सूचनाहरु प्रवाह गरिरहेका छन् ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको विषयमा आम नागरिकलाई सुसूचित गर्नका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत कार्यक्रमअनुसार सो कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा सञ्चालन भइरहेको कार्यक्रमका लागि एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महŒव र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन् ।

यसरी आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ । प्रभावकारी  मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्‍वपूर्ण भूमिका खेल्दछ । त्यसैले यो कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगले सरोकारवाला सबैसँग समन्वय गर्न जरुरी छ । यद्यपि, आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको बताएको छ ।

Hardik health

मतदाता शिक्षाको कमी हुँदा विगतका निर्वाचनहरुमा बदर मतको संख्या उच्च हुने गरेका तथ्यलाई बिर्सनु हुन्न । मतपत्रमा आफूले चाहेको उम्मेदवारको चुनाव चिह्नमा कसरी सही तरिकाले मतदान गर्ने भन्नेमा मतदाताहरु अनभिज्ञ हुँदा एकातिर मतपत्र बदर हुने र अर्कोतर्फ चाहेका उम्मेदवारले मत नपाउने समस्या हुने गर्दछ । मतदाता शिक्षामार्फत यसबारे मतदातालाई सुसूचित गरेर यस्तो समस्या दोहोरिन दिनु हुँदैन ।

मतदाता शिक्षालाई ‘कर्मकाण्डी’ बनाउनु हुँदैन । विशेषगरी ग्रामीण क्षेत्रका मतदातासम्म यो कार्यक्रम पु¥याउन जरुरी छ । आयोगले परिचालन गरेका स्वयंसेवकहरुले सही तरिकाले काम गरिरहेका छैन कि छैनन्, त्यसको प्रभावकारी अनुगमन गरिनुपर्छ । यो कार्यमा निर्वाचन आयोगमात्र नभई राजनीतिक दल तथा सरोकारवाला सबैले भूमिका खेल्नुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ
स्टण्ट र प्रतिशोध होइन, विधिको शासन बुझ मंगलबार, असार १६, २०८३
लोकप्रिय
  • Week
  • Month
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP