Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२

प्रतिनिभिसभा सदस्य निर्वाचनको सरगर्मी जारी रहेको बेला राजनीतिक दल र उम्मेदवारहरुले गर्ने खर्चको स्रोतको खोजी भइरहेको छ । त्यसो त विगतका निर्वाचनहरुमा पनि यस्तो चासो नभएको होइन । निर्वाचन प्रचारप्रसारका क्रममा दल र उम्मेदवारले गर्ने लाखौं करोडौं खर्चको स्रोत सधैं अपुष्ट रहँदै आएको छ । निर्वाचन आयोगले खर्चको सीमा तोकिदिएको भए पनि त्यो सीमाभन्दा बढी नै खर्च हुने कुरा ‘ओपन सेक्रेट’ जस्तै रहेको कुरामा कुनै द्विविधा छैन । यसपटक भने आयोगले निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । उक्त खातामा निर्वाचनका लागि गरिने खर्च र त्यसका लागि को–कोबाट सहयोग लिइएको हो भन्ने पारदर्शी रुपमा विवरण आउने आयोगको अपेक्षा छ । आयोगको यो कदम स्वागतयोग्य देखिन्छ । 

प्रतिनिधिसभा निर्वाचनलाई पारदर्शी बनाउन उम्मेदवारलाई निर्वाचन खर्चका लागि अनिवार्यरूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था लागू गरेको हो । आयोगले चुनावी वित्तीय गतिविधिलाई औपचारिक प्रणालीभित्र ल्याउने र खर्चको प्रभावकारी अनुगमन गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरेको जनाएको छ । तर, दल र तिनका उम्मेदवारहरूले खासै चासो नदिएको पाइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म जम्मा ६७१ जना उम्मेदवार र छ वटा दललेमात्रै निर्वाचन प्रयोजनार्थ छुट्टै खाता खोले । आयोगको तथ्यांकमा प्रत्यक्षतर्फमात्रै तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये ६७१ जना भनेको करिब २० प्रतिशत उम्मेदवारले मात्रै छुट्टै खाता खोलेका हुन् ।

आगामी निर्वाचनका लागि ६५ वटा दल दर्ता छन् । त्यसमध्ये ५९ दलले बैंक खाता खोलेका छैनन् । आयोगले निरन्तर ताकेता गर्दा पनि खाता खोल्ने न्यून हुनुले दल र उम्मेदवारहरु पारदर्शिता चाहँदैनन् भन्ने प्रस्ट हुन्छ । सुशासन, भ्रष्टाचार नियन्त्रण जस्ता एजेण्डाहरु सबै उम्मेदवारका साझा हुन् । चुनावी घोषणापत्र र चुनाव प्रचार सामग्रीमा यी विषयहरु कुनै उम्मेदवारले छुटाउँदैनन् । नारा सुशासनको बोक्ने तर आफ्नै खर्चमा पारदर्शिता अपनाउन नसक्नेले देश बनाउँछ भन्नु आफैंमा दोधारे देखियो । यो भनेको मतदातालाई झुक्याएर सत्तामा पुग्ने दाउमात्र हो ।

Hardik health

निर्वाचनमा कालो धनको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्छ । आयोगले यही उद्देश्यका साथ छुट्टै बैंक खाताको व्यवस्था गरेको प्रस्ट हुन्छ । जनतामाझ मत माग्न जाने उम्मेदवार पहिले आफू सफा हुनुपर्छ । कालो धन प्रयोग नगरेको हो भने पारदर्शी रुपमा खर्चको विवरण देखाउन किन डराउने ? 
 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP