Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • चुनाव खर्चको छुट्टै खाता खोल्न दल-उम्मेदवार उदासीन
चुनाव खर्चको छुट्टै खाता खोल्न दल-उम्मेदवार उदासीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२
  • उम्मेदवार ३४०६ जना, छुट्टै खाता ६७१ उम्मेदवारको
  • ६५ दल चुनावी प्रतिस्पर्धामा, छुट्टै खाता छ दलको 
  • खर्च पारदर्शिता बढाउन पहिलोपटक छुट्टै खाता अनिवार्य 
  • चुनावी खर्च पारदर्शी बनाउन दल र उम्मेदवारको बेवास्ता

काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनलाई पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन खर्चका लागि अनिवार्यरूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था लागू गरेको छ । आयोगले चुनावी वित्तीय गतिविधिलाई औपचारिक प्रणालीभित्र ल्याउने र खर्चको प्रभावकारी अनुगमन गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरेको जनाएको छ । 

निर्वाचन खर्च अपारदर्शी भएको, पैसा नहुने नेताले चुनाव लड्न नसकेको र पैसा जसले खर्च गर्न सक्यो उसैले जितेको भन्ने गुनासो आयोगले गरेका छलफलहरूमा दलकै उम्मेदवारहरूले बारम्बार भन्थे । त्यसलाई ध्यानमा राख्दै यसपालि निर्वाचनकै लागि छुट्टै बैंक खाता खोल्न भनिएकोमा निकै कमले खोले । 
कुलबहादुर जिसी
सहायक प्रवक्ता, निर्वाचन आयोग

तर, दल र तिनका उम्मेदवारहरूले खासै चासो नदिएको पाइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म जम्मा ६७१ जना उम्मेदवार र छ वटा दललेमात्रै निर्वाचन प्रयोजनार्थ छुट्टै खाता खोले । आयोगको तथ्यांकमा प्रत्यक्षतर्फमात्रै तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये ६७१ जना भनेको करिब २० प्रतिशत उम्मेदवारले मात्रै छुट्टै खाता खोलेका हुन् ।

यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६५ वटा दल दर्ता छन् । त्यसमध्ये ५९ दलले बैंक खाता खोलेका छैनन् । आयोगका सहायक प्रवक्ता जिसीले केही दल र उम्मेदवारले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गर्दै राजनीतिक दल तथा उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि उक्त प्रक्रिया अगाडि बढेको बताए ।

Hardik health

‘निर्वाचन खर्च अपारदर्शी भएको, पैसा नहुने नेताले चुनाव लड्न नसकेको र पैसा जसले खर्च गर्न सक्यो उसैले जितेको भन्ने गुनासो आयोगले गरेका छलफलहरूमा दलकै उम्मेदवारहरूले बारम्बार भन्थे,’ उनले प्रभावसँग भने, ‘त्यसलाई ध्यानमा राख्दै यसपालि निर्वाचनकै लागि छुट्टै बैंक खाता खोल्न भनिएकोमा निकै कमले खोले । अझै हामी खोल्नु भनेर ताकेता गरिरहेका छौं ।’

निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्च पारदर्शी होस् भनेर पहिलोपटक आयोगले यो अभ्यास थालेको हो । आयोगले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई खर्चका आधारमा पाँच वर्गमा विभाजन गर्दै उम्मेदवारको अधिकतम खर्च सीमा पनि निर्धारण गरेको छ । काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् भने काठमाडौंका दुईसहित १७ निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँसम्म खर्च गर्न पाइनेछ ।

यस्तै, ६५ निर्वाचन क्षेत्रमा प्रति उम्मेदवार अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाइने व्यवस्था गरिएको छ । ५२ निर्वाचन क्षेत्रमा खर्च सीमा ३१ लाख रुपैयाँ तोकिएको छ भने बाँकी २६ निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारका लागि भने प्रतिव्यक्ति अधिकतम दुई लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले खर्च सीमा निर्धारणसँगै प्रतिवेदन प्रणालीलाई पनि कडा बनाएको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र प्रत्येक उम्मेदवारले आफ्नो आय–व्ययको विस्तृत विवरण आयोगसमक्ष बुझाउनुपर्ने छ । सो विवरण छुट्टै बैंक खाताको कारोबार विवरणसँग मिलाएर परीक्षण गरिने छ । सहायक प्रवक्ता जिसी भन्छन्, ‘निर्वाचनपछि खर्च विवरण बुझाउनु कानुनी दायित्व हो । यदि कसैले विवरण नबुझाए वा गलत विवरण पेस गरे कानुनी कारबाही हुन सक्छ । आयोगले यसमा कुनै सम्झौता गर्दैन ।’

विगतका निर्वाचनहरूमा उम्मेदवारहरूले वास्तविक खर्च लुकाउने, अनौपचारिक रूपमा रकम परिचालन गर्ने वा सीमा नाघ्ने गुनासो आउने गरेका थिए । त्यसैले यसपटक आयोगले बैंक खातामार्फत सबै खर्च सञ्चालन गर्ने व्यवस्था लागू गर्दै निगरानीलाई थप प्रभावकारी बनाउने प्रयास गरेको हो । छुट्टै खाता अनिवार्य गर्ने व्यवस्था चुनावी वित्त व्यवस्थापन सुधारतर्फ महत्‍वपूर्ण कदमको रूपमा पनि हेरिएको छ । यसले उम्मेदवारलाई कानुनी दायराभित्र रहेर खर्च गर्न बाध्य बनाउने, प्रतिस्पर्धालाई तुलनात्मकरूपमा निष्पक्ष बनाउने र मतदातामा विश्वास बढाउने अपेक्षा गरिएको छ । साथै, चुनावी प्रक्रियामा कालो धनको प्रयोग घटाउने सम्भावना पनि रहेको विश्लेषण हुने गरेको छ । 

तर, आयोगको निर्देशनपछि पनि निकै कम संख्याका दल र उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोलेबाट कार्यान्वयन चुनौतीपूर्ण हुने देखिएको छ । कतिपय अवस्थामा समर्थक वा तेस्रो पक्षमार्फत हुने खर्चलाई नियन्त्रण गर्न निरन्तर निगरानी आवश्यक पर्ने आवाज पनि उठेको छ । आयोगले भने यस्ता गतिविधि रोक्न अनुगमन संयन्त्र सक्रिय बनाइने जानकारी दिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP