Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

काठमाडौं - आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनावी एजेण्डासहित आमसभा, भेटघाट, प्रचारप्रसारलगायत गतिविधिमा उम्मेदवारले सक्रियता बढाएका हुन् ।

गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत खसाल्ने निधो गरेको बताए । उमेरले ६५ काट्नुभएका उहाँले रोजगारीको अभावका कारण छोराछोरीलाई बुढेसकालमा विदेश पठाउनुपर्ने बाध्यता रहेकाले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत दिने धारणा राखे । “यो उमेरमा छोराछोरीसँग टाढा बस्नुपर्ने बाध्यता छ, स्वदेशमा रोजगार दिए कसलाई विदेशिन मन हुन्छ ?”, उनले प्रश्न गरे । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्दा स्वेदशमा युवा टिकाउने नेतालाई प्राथमिकतामा राख्ने तामाङले सुनाए ।

काठमाडौँ क्षेत्र नं ३ मा पुराना र नयाँ पार्टीका अधिकांश नयाँ नेताको अनुहार देखिन्छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवार राजनीतिक परिवर्तनका लागि निर्वाचनमा सहभागी छन् । यही फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Hardik health

काठमाडौँ–३ मा कांग्रेसले रमेश अर्याल, एमालेले रामेश्वर फुयाँल, रास्वपाले राजुनाथ पाण्डे, नेकपाले निरज लामा, उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपाले विगतको निर्वाचनमा नदोहोरिएका अनुहारलाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपाल पार्टी निर्वाचनका लागि पहिलो अनुभव बटुल्दै गरेको यो नयाँ अनुहार हो ।

यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले १५ हजार १५८ मतले ल्याएर निर्वाचित भएको थियो । 

कांग्रेसका उम्मेदवार अर्यालले काठमाडौँ क्षेत्र–३ मा विगतका जनप्रतिनिधिले गरेका विकास र समृद्धिको कामलाई निरन्तरता दिँदै जनताको भावना अनुरुप विकासको मार्गचित्र तयार गर्ने बताए । एमालेका उम्मेदवार फुयाँलले संविधानका अधिकार कार्यान्व्यन गर्न कानुन बनाउनु पर्ने, सुशासन, समृद्धि, युवालाई स्वदेशमा रोजगार र मुलुकलाई आत्मनिर्भर बनाउने जिम्मेवारीसहित आफूले उम्मेदवारी दिएको बताए।

 रास्वपाका उम्मेदवार पाण्डेले ‘तपाईं भोट हाल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने भाव राख्दै मतदाताको घरदैलो पुग्नुभएको छ । उहाँले पछिल्लो समय युवाको सक्रियतामा विकास गर्ने उद्देश्य महत्वका साथ लिएको बताउनुभयो । अरुभन्दा फरक हुने भएकाले युवा सक्रियताले देश बनाउने विश्वासका साथ अब नेतृत्व बदलिने, मुलुक सञ्चालन प्रणाली बदलिने र यसले सकारात्मक परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
 
उज्यालोका नेपाल पार्टीका उम्मेदवार घिसिङले घोषणापत्र जारी गर्दै ‘गफ होइन कामः भाषण होइन परिणाम’ भन्ने मुख्य नारा समेटेर घरदैलो कार्यक्रममा सक्रियता बढाउनुभएको छ । नागरिकको भरोसा जित्ने काममा आफू र आफ्नो पार्टी समर्पित रहेको बताउँदै उहाँले जनताको मन जित्ने र जनमुखि काम गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार यहाँ पुराना र नयाँ पार्टीका उम्मेदवारबीच हुने प्रतिस्र्पर्धामा जनताले स्वःविवेक प्रयोग गरी मतदान गर्नुपर्ने छ । “अहिले उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्नुभएकोछ, मतदाता पनि उत्साहित देखिन्छन्”, उहाँले भन्नुभयो, “यद्यपि निर्वाचन आचारसंहिताभित्रै प्रचारप्रसार भए/नभएकोमा हामी सचेत छौँ ।”
 
काठमाडौँ–३ मा गोकर्णेश्वर नगरपालिकाका नौवटा वडा, कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ नं वडा तथा काठमाडौँ महानगरपालिका–६ नं वडा पर्दछन् । निर्वाचन आयोगका अनुसार यो निवाृचन क्षेत्रमा कूल मतदाताको सङ्ख्या ६४ हजार ४७९ रहेका छन् । यस क्षेत्रमा ७२ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १७:१२
#प्रतिनिधिसभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP