Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

आइसिसी टी-२० विश्वकप खेल्न भारतको यात्रा तय गर्दा नेपालको लक्ष्य थियो, सुपर आठमा प्रवेश गर्ने । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली क्रिकेटले जारी विश्वकपमा चमत्कारिक खेल प्रस्तुत गर्ने अपेक्षा आम क्रिकेटप्रेमीहरुले गरेका थिए । खेलाडीहरु पनि आत्मविश्वासका साथ इतिहास रच्ने लक्ष्यमा अघि बढेको देखिन्थे । तर, नेपालका लागि समूह चरण पार गर्नु निकै चुनौती थियो । कारण, विश्वविजेता इंग्ल्याण्डसँगै वेस्टइण्डिज र स्कटल्याण्ड जस्ता बलिया टिम तथा तुलनात्मकरुपमा कमजोर ठानिएको इटली रहेको समूहमा थियो नेपाल । 

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा पहिलो खेलमै विश्वविजेता इंग्ल्याण्डको सामना गर्नुपर्‍यो । उक्त खेलमा नेपालले उत्कृष्ट खेलेर आम क्रिकेटप्रेमीको मन जित्यो । इंग्ल्याण्डसँग मात्र चार रनको झिनो हार बेहोरेको नेपाली टोलीको चौतर्फी प्रशंसा पनि भयो । पहिलो खेल राम्रो खेलेर पनि हार बेहोरेपछि दोस्रोमा नतिजा नेपालको पक्षमा आउने अपेक्षा गरिएको थियो । एक त इटलीलाई कमजोर टिमको रुपमा आकलन थियो, अर्को पहिलो खेलमा गरेको प्रदर्शनले आत्मबल थप बढाएको थियो । समर्थकहरु पनि उत्साहित थिए । तर दोस्रो खेलमा नेपालले पूरै लय गुमाउनपुग्यो । परिणाम कमजोर मानिएको इटलीसँग पराजित भयो । त्यो हारले नेपाली क्रिकेट समर्थकहरुलाई फेरि निराश बनायो । खेलाडीहरु पनि हतोत्साही भएको देखिए । 

तेस्रो खेलमा वेस्टइण्डिजविरुद्धको खेलमा पनि नतिजा सुखद आएन । नेपालले अपेक्षित प्रदर्शन सो खेलमा पनि गर्न सकेन । वेस्टइण्डिजसँग फराकिलो हार बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो । र, सुपर आठमा पुग्ने सपना फेरि चकनाचुर भयो । मंगलबार साँझ वानखेडे स्टेडियममै अन्तिम खेल स्कटल्याण्डसँग खेल्दा भने पुनः लयमा फर्कंदै सान्त्वना जित निकालेको छ । स्कटल्याण्डलाई सात विकेटले हराउँदा नेपालले १४ वर्षपछि पहिलोपटक टि-२० विश्वकपमा जित निकाल्न सफल बन्यो । यसैमा खुसी मान्नुपर्ने भयो यो पटकको विश्वकप । दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय योगदान यो जितमा महतत्‍वपूर्ण बन्यो । 

Hardik health

विश्वकप यात्रा सकेर स्वदेश फर्कंदै गर्दा नेपाली टोलीले पक्कै पनि पाठ सिकेर आएको हुनुपर्छ । अन्तिम खेलमा गरेको प्रदर्शनबाट पनि त्यो झल्किन्छ । अघिल्ला खेलका गल्तीहरु सुधारिएका छन् । अब भने नेपालले विश्वकपमा गरेका गल्तीहरुको समीक्षा गर्नैपर्छ । ती गल्तीहरुलाई सच्याउँदै अघि बढे आगामी यात्रामा राम्रो नतिजा प्राप्त हुने नै छ । अब हारबाट निराश हुने होइन, सुधारको अठोटसहित सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरु अगाडि बढून् । यसमा राज्यको तर्फबाट आवश्यक सहयोग जरुरी छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP