Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • २५० जनालई अमेरिका पठाइदिने नाममा करोडौं ठगी
संगठित मानव तस्करी सञ्जाल उजागर २५० जनालई अमेरिका पठाइदिने नाममा करोडौं ठगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२
  • २५० जनालाई अवैधरूपमा अमेरिका पठाएको आरोपमा बस्नेतद्वयविरुद्ध करिब एक अर्बको मुद्दा
  • ९८ करोडभन्दा बढी अवैध कारोबार भेटियो
  • एक अभियुक्त कारागारमा, अर्का फरार
  • वर्षौंदेखि विभिन्न माध्यम प्रयोग गरी युवायुवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाउँदै ठूलो रकम असुल्ने गरेको खुलासा
  • वैदेशिक रोजगारी वा अवैध बाटो हुँदै अमेरिका जाने प्रलोभनमा नपर्न अपिल

हामीले बैंक खाताहरू, लेनदेन विवरण र सम्पत्तिको स्रोत जाँच गर्दा अस्वाभाविक रकमको कारोबार देखियो । त्यसैका आधारमा सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढाइएको हो ।
राजन लिम्बू
एसपी, मानव बेचविखन ब्युरो


काठमाडौं- करिब २५० जनालाई अवैध तरिकाले अमेरिका पठाउने तथा केहीलाई अमेरिका लैजाने बहाना बनाई ठगी गरेको आरोपमा दुई जनाविरुद्ध करिब एक अर्ब रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । यससँगै मानव तस्करीको संगठित सञ्जालबारे थप विवरणसमेत सार्वजनिक भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ का कलबहादुर बस्नेत र रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ का अमित बस्नेतविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धान अनुसार उनीहरूले वर्षौंदेखि विभिन्न माध्यम प्रयोग गरी युवायुवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाउँदै ठूलो रकम असुल्ने गरेका थिए । केहीलाई भने गैरकानुनी बाटोहुँदै अमेरिका पु¥याइएको र कतिपयलाई विदेशका विभिन्न देशमा अलपत्र पारिएको आरोप छ ।

Hardik health

मुद्दामा प्रतिवादी बनाइएका कलबहादुर हाल डिल्लीबजार कारागारमा छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । उनी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । अर्का प्रतिवादी अमित भने फरार छन् । उनलाई फरार प्रतिवादी कायम गरी मुद्दा अघि बढाइएको हो ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनीहरूले अमेरिका पठाइदिने भन्दै पीडितहरूसँग लाखौंदेखि करोडौं रुपैयाँसम्म उठाएका थिए । अनुसन्धानका क्रममा धेरै पीडितले ठूलो रकम बुझाएको तर अमेरिका पुग्न नसकेको भन्दै उजुरी दिएका थिए । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बूले अनुसन्धानका क्रममा ठूलो परिमाणमा अवैध वित्तीय कारोबार देखिएको बताए । उनले भने, ‘हामीले बैंक खाताहरू, लेनदेन विवरण र सम्पत्तिको स्रोत जाँच गर्दा अस्वाभाविक रकमको कारोबार देखियो । त्यसैका आधारमा सम्पत्ति शुद्धीकरण मुद्दा अघि बढाइएको हो ।’

उनका अनुसार कलबहादुर बस्नेतको विभिन्न बैंक खातामा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँबराबरको अवैध कारोबार भएको भेटिएको छ । त्यस्तै फरार प्रतिवादी अमित बस्नेतको खाताबाट २७ करोड ४५ लाख २९ हजार रुपैयाँबराबरको शंकास्पद कारोबार देखिएको छ ।

प्रहरीले दुवै जनाको कूल ९८ करोड पाँच लाख ८२ हजार रुपैयाँबराबरको अवैध कारोबार पुष्टि भएको भन्दै सोही रकमबराबरको बिगो मागदाबी गरिएको जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनीहरूले विभिन्न ‘एजेण्ट’ र बिचौलियामार्फत गाउँ–गाउँबाट युवाहरू संकलन गर्ने, भिसा प्रक्रिया मिलाइदिने, ट्राञ्जिट देशहुँदै अमेरिका लैजाने योजना बनाउनेजस्ता काम गर्दै आएका थिए । कतिपयलाई दक्षिण अमेरिकी देशहरू हुँदै जोखिमपूर्ण यात्रा गराइएको ब्युरोको प्रारम्भिक निष्कर्ष छ ।

ब्युरोका एसपी लिम्बू यो सामान्य ठगीमात्र नभई संगठित मानव तस्करीको जालो देखिएको बताउँछन् । उनका अनुसार ठगी घटनामा विभिन्न देशमा सम्पर्क रहेका व्यक्तिहरू प्रयोग भएको संकेत भेटिएको छ । पीडितहरूले बयानमा अमेरिका पठाइदिने भनिएपछि ३० लाखदेखि ८० लाख रुपैयाँसम्म बुझाएको देखिएको छ । केहीले घरजग्गा बेचेर वा ऋण लिएर रकम बुझाएको बताएका छन् । अमेरिका पुग्न नसकेपछि उनीहरू आर्थिक र मानसिक समस्यामा परेका थिए ।

प्रहरीका अनुसार यस प्रकरणमा थप व्यक्तिहरूको संलग्नता हुन सक्ने भएकाले अनुसन्धान जारी छ । फरार प्रतिवादी अमितको खोजीका लागि प्रहरी परिचालन गरिएको र अन्तर्राष्ट्रिय समन्वय पनि भइरहेको जनाइएको छ ।

यस घटनापछि वैदेशिक रोजगारी वा अवैध बाटो हुँदै अमेरिका जाने प्रलोभनमा नपर्न प्रहरी र सरोकारवाला निकायहरूले सर्वसाधारणलाई सचेत गराएका छन् । ब्युरोले भनेको छ, ‘विदेश पठाइदिने भन्दै अस्वाभाविक प्रस्ताव आएमा तुरुन्त सम्बन्धित निकायमा जानकारी दिनुहोस् ।’
 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP